0

  • महेश्वर अधिकारी 

निजगढ नगरपालिका बडो तामझाम खुला दिसा मुक्त घोषणा गरेको तीन महिना पुग्नै लाग्यो ।
खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले फागुन ३ गते  गौरी शंकर क्याम्पस परिषरमा घोषणा गरेका थिए ।
  मन्त्रीले घोषणा गरेपनि अझैं सबै घरमा शौचालय छैन्, अभियानकर्मीहरुले साझा प्रयोगलाई मान्यता दिदैँ खुला दिसा मुक्त घोषणाको सिफारिस गरेका थिए । नयाँ संविधानको संघीय स्वरुप अनुसार प्रदेश नम्बर २ अन्र्तगत रहेको बारा जिल्लाको निजगढ नगरपालिका जिल्लाकै पहिलो खुला दिसा मुक्त नगरपालिका बन्न सफल भयो । यो सम्भवत : प्रदेशकै पहिलो नगरपालिका पनि हो ।
घोषणा गरेर मात्रै पुग्दैन्, अब घोषणा गरेजस्तै ब्यवहारमा देख्न थुप्रै चुनौतिहरुको सामाना गर्नुपर्छ भनेर घोषणा सभाका बक्ताहरुले गरेको भाषणा यो पक्तिकारले भुलेको छैन् । तर त्यो चुनौतिको सामाना गर्न र चर्पी नभएका घरमा चर्पी बनाउन पहल भएको देख्न पाएको छैन् । रिपोटिङ्गको शिलसिलामा रतनपुर पुगेको थिएँ । भाषणमा सुनेको चुनौती पार लगाउन अझैं धेरै घुँडा धस्नु पर्ने देखेँ । त्यसको लागि सबैको साझा प्रयत्न आवश्यक छ ।
खुला फोहोर मुक्त बजार घोषणा
निजगढ नगरपालिकाको बजार क्षेत्र फोहोरमैला चुनौति बन्न थालिसकेको छ । बजार क्षेत्रका घरधनि र व्यवसायिले उत्पादन गर्ने फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन् । घर तथा पसलबाट उत्पादित फोहोर बडार्दै सडक छेउमा खुला रुपमा थुपार्ने चलन छ । अलि दिन जम्मा गरेपछि आगोबालेर जलाउने गरिएको छ । खुला रुपमा थुपारिएको फोहोर अहिले हावाहुरीको सिजनको कारण उडाएर सर्वत्र फैलने गरेको छ । एउटा पसलबाट उत्पादित फोहोर उडाएर टाढा–टाढा सम्म पुग्ने गरेको छ । फोहोर जम्मा गर्ने बास्केट नगरपालिकाले ब्यवस्था गरिदियोस भन्ने ब्यवसायि चाहान्छन् । नगरपालिकाले केहि ठाँउमा त्यस्तो ब्यवस्था गरेपनि प्रयाप्त भने छैन् । स्थानीयको लापवार्हीको कारण शहीद चोकमा राखिएको बकेट आगोले जल्यो । जम्मा गरेको फोहोर नगरपालिकाले बेलैमा नलैजादाँ स्थानीयले आगो बालेर जलाएर नष्ट गर्ने क्रममा बकेट जलेको थियो । फोहोरमा रहेको प्लाष्टिक जलाउँदा त्यसबाट निस्कने ग्यासबाट मानिसलाई क्यानसर रोग समेत लाग्ने कुरा पुष्टि भईसकेको छ । त्यसले वातावरण नै पुरै प्रदुषित बनाउने भएकाले प्लाष्टिक जलाउन बन्द गरौं ।
आफ्नो घर वा पसलबाट उत्पादित फोहोरलाई खुला छाड्दा अरुलाई समेत असर पर्छ भन्ने चेत कहिले खुल्ने ? कार्टुन, बोरा वा ड्रमको ब्यवस्था त हामी आफैले पनि गर्न सक्दैनौं र ? आवश्य सक्छौं । तर हामीले गर्न चाहेका छैनौं ।
  फोहोर मैला बढेसंगै निजगढमा केही वर्ष अघिको तुलनामा लामखुट्टे पनि बढेको स्थानीयले अनुभव गरेका छन् । नगर क्षेत्रमा लामखुट्टे बढे पनि नगरपालिकाको भने लामखुट्टे नियन्त्रणमा ध्यान गएको देखिएको छैन् ।
निजगढ नगरपालिका (प्रस्तावित स्मार्ट सिटी) पनि हो । यसको बजार क्षेत्रलाई मात्र पनि सफा र सुन्दर बनाउन सक्यौं भने पुर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने हजारौं सवारी साधानका लाखौं यात्रुले निजगढ नगरपालिकाको सुन्दर्ताको चर्चा गर्ने थिए । तर बजार क्षेत्र अहिले धुलो उड्ने समस्याबाट ग्रसित छ । सडकमा उड्ने धुँलोबाट सडक यात्रु तथा स्थानीय ब्यवसायि तथा स्थानीयवासी दिनदिनै रोगी बन्दैछन् । पसलमा बसेर ब्यापार गर्न समेत समस्या हुने गरेको गुनासो ब्यवासायिहरुको रहेको छ ।
केहि दिन यता निजगढ नगरपालिका कार्यालयले शहीद चोकबाट लायन्सचोकसम्म ट्याङ्गकरबाट पानी पटाउन थालेको छ । जसलाई कम्तिमा बजार क्षेत्र भरि अत्यन्तै आवश्यक छ ।

Post a Comment

 
Top