0
निजगढसमाचार, निजगढ, १० साउन
सरकारले सुकुम्बासीमाथी ज्यादति गरेको विरोधमा नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको एक दिने नेपाल बन्दको आशिंक प्रभाव परेको छ । विहानैदेखि राजमार्गमा प्रहरीले स्कटिङ्गमा गाडी चलेका छन् । 
   ईलाका प्रहरी कार्यालय निजगढ  र जिल्ला ट्राफिक प्रहररी कार्यालयको टोलीले केहि बेर अघि तीन दर्जन बढी सवारी साधनलाई राजमार्गमा रोकेर स्कटिङ्ग गरेर गन्तब्यतर्फ पठाएको छ । लायन्सचोकदेखि बकैया पुल छेउसम्म रोकिएका काठमाण्डौंबाट छुटेका रात्री बस, ट्रक लगायतका सवारी साधन प्रहरीको स्कटिङ्गमा पूर्वतर्फ लागेका छन् । बजार/पसल भने खुला छन् । विद्यालय पनि खुलेका छन् ।
     सरकारले दमन गरेर सलार्ही लगायत विभिन्न ठाउँका सुकुम्बासी बस्ती खाली गराएको र उनीहरुले लगाएको अन्नबालीमा ट्याक्टर लगाएर नष्ट गरेको विरोधमा माओवादीले बन्द आह्वान गरेको हो । 

Post a Comment

 
Top