0
निजगढसमाचार, हेटौडा, १६ साउन
मकवानपुरको मनहरी ३ रमनटारमा दुई यात्रुवहाक बस एक आपसमा जुद्धा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३१ जनाको घाइते भएका छन् ।
  काँकडभिट्टाबाट काठमाडा आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको यात्रुबहाक बस र काठमाडौंबाट गाइघाट जाँदै गरेको ना ५ ख ५०५५ नमबरको बस एक आपसमा जुद्धा दुर्घटना भएको हो ।
  मध्यराती १२ बजेर २० मिनेटजाँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटानामा ६ जनाको घटनास्थल र तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरुको सनाखत भएको छैन ।
 घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेको हटौंडाको सुदेशा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top