0

निजगढसमाचार, निजगढ
महेश्वर अधिकार/तीन अघि तीन वटा गाविस निजगढ, भरतगंजसिंगौल र रतनपुरी जोडेर बनेको निजगढ नगरपालिका अब के हुने भन्ने बहस सुरु भएको छ ।
स्थानीय निकायको पुनर्संरचना आयोगको मापदण्ड अनुसार जनसंख्या अपुग भए पछि गाँउपालिकामा फर्किने कि आवश्यक जनसंख्या पु¥याउन पहल गर्ने भन्ने बहस अहिले चलेको छ ।
केहि नगरे पनि नगरपालिकाबाट घटुवा हुदैँन भन्ने तर्क दिनेहरु पनि भेटिएका छन् । त्यसका लागि भविष्यमा निजगढको जनसंख्या ह्वात्तै बढ्ने भएकाले अहिले नगरपालिका कायम राख्नु पर्ने उनीहरुको तर्क छ । सरकार घोषणा गरेको स्थानीय तहको संख्या र सीमा निर्धारणका लागि गठित आयोगको मापदण्ड अनुसार नगरपालिका हुन ७५ हजार जनसंख्या हुनु पर्ने ब्यवस्था रहेको भए पनि निजगढमा अहिले ४० हजारको हराहारीमा जनसंख्या छ । यसरी अब नयाँ मापदण्ड अनुसार नगरपालिका कायम हुनको लागि ३५ हजार जनसंख्या अपुग हुन्छ । भौगोलिक हिसाबले निजगढ नगरपालिका देशकै ठुलो नगरपालिका भए पनि नयाँ मापदण्ड पुरा गर्न नसक्दा नगरपालिका संकटमा पर्ने निश्चित छ ।
गाँउपालिका हुनको लागि आवश्यक जनसंख्या पनि अपुग रहेको अवस्थामा अब गाँउपालिकामा झर्ने कि नगरपालिका बचाउन आवश्यक जनसंख्या पु¥याउने यी दुई विकल्प मात्र छ । भविष्यमा निजगढको जनसंख्या ठुलो संख्यामा बढ्ने कुरामा कुनै आशंका छैन् किनकी यहाँ अन्र्तराष्ट्रय विमानस्थल देखि दु्रत मार्गसम्मका राष्ट्रिय गौरबका आयोजना प्रारम्भिक चरणमा निर्माणाधिन छन् । यस आयोजनाबाट प्रभावित हुने बस्ती र नगरलाई छुट्टा–छुट्टै राख्ने भन्दा पनि एउटै बनाएर जाँदा यसबाट प्राप्त हुने लाभ पनि लिन महत्वपूर्ण अवसरका रुपमा नगरपालिका विस्तारलाई लिन सक्नु पर्छ । यसको लागि गढीमाई नगरपालिकाको केहि भाग, कोल्बी नगरपालिका, अमलेखगञ्ज गाविस, मनहर्वा र भोडाहा मिलाएर एउटा बृहत र राम्रो नक्सा भएको नगरपालिका बनाउन सकिन्छ । त्यसको लागि के नाम राख्ने भन्ने विषयमा खुला हुन आवश्यक छ । अहिले नगरपालिकाको रुपमा बचाउन सकियो भने यसको भविष्य असाध्यै राम्रो हुने अनुमान सहजै गर्न सकिन्छ । अन्र्तराष्ट्रिय विमानस्थल, दु्रत मार्ग यी सबै आयोजना महानगर हुने आधार बन्न सक्छ । तर त्यसका लागि आवश्यक जनसंख्या पु¥याएर बृहत नगर बनाउने आधार खोज्न ढिला गर्नु हुदैँन् ।
‘ब्याक हुन हुदैँन्’
विमल कुमार पोखरेल, कार्यकारी अधिकृत, निजगढ नपा
निजगढ धेरै हिसाबले सम्भावना बोकेको नगरपालिकाको रुपमा हेरिएको छ । यसलाई नगरपालिकाकै रुपमा कायम सबैको पहल आवश्यक छ । नेपालको संविधान २०७२ ले नगरपालिकालाई प्रशस्त अधिकार दिएको छ । जुन गाँउपालिकामा हुदैन् । त्यस्तै राज्यबाट प्राप्त हुने अनुदानमा पनि नगरपालिकाले बढी पाउँछ । यसरी हेर्दा निजगढलाई नगरपालिकाको रुपमा काम राख्न सक्यौं भने अधिकार सम्पन्न नगरवासी बन्न सकिन्छ । सेवा प्रवाह र नगरिकको सेवामा पहुँचको दृष्टिकोणबाट पनि नगरपालिका हुदाँ फाईदा हुने भयो । त्यस्तै विकास पद्धती र प्रकृयामा समेत नगरपालिका र गाउँपालिकामा धेरै अन्र्तर छ । विभिन्न दातृनिकायसंगको सहकार्यको लागि नगरपालिका प्राथमिकतामा पर्दै आएको छ । सरकारले निजगढलाई नगरको रुपमा स्मार्ट सिटी घोषणा गरेको हो । गाउँपालिकामा फर्कने भन्दा पनि नगरपालिकालाई कायम राख्ने तर्फ पहल लिनु पर्छ । 

Post a Comment

 
Top