0
निजगढसमाचार, निजगढ
बाराको निजगढमा पनि नयाँ रोग स्क्रब टाइफर्स रोगबाट एक महिला संक्रमित भएको खुल्न आएको छ ।
निजगढ–८ का सुदर्शन दंगालकी श्रीमती २६ वर्षिया सिम्रन दंगाल स्क्रब टाइफर्सबाट संक्रमित भई उपचार गरि घर फर्किएकी छिन् ।
ज्वरो आएपछि टाईफाईड भएको आंशकामा स्थानीय मेडिकलमा उपचार गराएकी उनलाई मेडिकलले टाईफाईड भएको भन्दै पाँच दिन सम्ममा नौं वटा सुई लगाए । दैनिक दुई पटक सम्म सुई लगाउँदा समेत ज्वरो नघटेपछि मेडिकलका डाक्टरले सुई निकालि दिए र भरतपुर जान भनेका थिए ।
विरामी गम्भिर हुदै गएकी थिईन् । मुख सुन्निने, बमेट हुने र ज्वरो एक सय चार डिग्रीसम्म आउने क्रम रोकिएको थिएनन् । 
चितवन मेडिकल कलेजमा उपचारका लागि पुगेकी सिम्रनको रक्तपरिक्षण गरियो । ‘तीन दिन पछि रिपोर्ट आयो’, श्रीमान सुदर्शनले भने–उनलाई अस्पताल भर्ना ग¥यो । तब थाहाँ भयो उनलाई नेपालको नयाँ रोग स्क्रब टाइफर्स लागेको रहेछ । उनी बारा जिल्लाको पहिलो यो रोगबाट संक्रमित विरामी भएको अस्पतालले जनाएको छ ।
‘लामो समयसम्म मेडिकलको भरमा परेर उपचारमा लापवार्ही गरेको भन्दै डाक्टरले   हर्कारे ।’, सुदर्शनले भने–एक/दुई ढिलो अस्पताल पुगेको भए विरामी बचाउन नसकिने भनेपछि हामी अचम्मा प¥यौं । 
मुख्यगरी मुसामा लाग्ने एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने यसको लक्षण हो । अहिलेसम्म एक सय चार जनामा संक्रमण भएको पाइएको छ ।

Post a Comment

 
Top