0

  • रामकृष्ण घिमिरे

नेपाली समाजमा तीज पर्वको निकै महत्व रहदै आएको छ । खास गरि हिन्दु नेपाली नारीहरुको महानपर्व तीज अहिले सबैको साझा पर्वको रुपमा फैलदै गएको छ ।
नेपाली नारीहरु जहाँ–जहाँ पुगेका छन् उनीहरुसंगै तीज पर्व पनि विश्वजगतमा चिरपरिचित पर्वको रुपमा फैलदै गएको देखिन्छ ।
बाध्यताले प्रवास आईपुगेका नेपाली चेलीहरुले दुःख पीडा भुलेर तीज मनाउने कुरा आफ्मैमा एउटा महत्वपूर्ण सुरुवात पनि थियो ।
यस्तो सुरुवात खाँडीमा आईपुगेका नेपाली दिदीबहीनी माझ हामी पनि सहभागि हुने मौका जु¥यो ।
हामीले साउदीमा सम्भवतः पहिलो पटक यसरी भब्य रुपमा तीज विशेष कार्यक्रम आयोजना गर्न सफल भयौं । यसमा नेपाली दुताबाससाउदी अरबद्वारा ‘तिज बिशेष कार्यक्रम’ आयोजना भएको थियो ।
नेपाली छोरीचेलीहरु दिल खोलेर नाचगान सहित प्रवासमा यसरी तीज पर्व मनाईएको थियो ।
नेपाली दुताबासको आयोजनामा रियादमा ‘तिज विशेष कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको हो ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा दुताबासले नाचगान र दर सहितको कार्यक्रम आयोजना गरेको थियो । महामहिम राजदुतको निवासमा कार्यक्रम १ सेप्टेम्बर,२०१६ का दिन यो साईत जुरेको थियो ।
कार्यक्रमलाई साउदी नेपाली अनलाईन टि.भी.ले प्रत्यक्ष प्रसारण गरेको थियो । दुताबासको बिशेष निमन्त्रणमा यसको प्रवन्ध मिलेको थियो ।
प्रवासमा यतिधेरै नेपाली छोरी चेलीहरुको खुसी भएको दृष्य देखियो त्यो दिन । कार्यक्रममा रातो सारी र अनुहारमा उल्लास र उमंग सहित उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो र सबै भेला भएर तिज मनाउन पाउदाको खुसि सबैको अनुहारमा स्पष्ट देख्न सकिन्थ्यो ।
तीजको गितमा महिलाहरु साथ दिदै उपस्थित प्रायः नाचेको दृश्यले हामी प्रवासमा छौं कि स्वदेशमा भन्ने अनुभूती भईरहेको थियो ।
नाचगान र दर खाई सकेपछि कार्यबहाक राजदुतका अर्धागनिद्वारा उपस्थित सबैलाई  टिका, पोते, सिन्दुर लगायतका सामान सगुनको रुपमा भेट गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुदै कार्यबहाक राजदुत महामहिना आनन्द प्रसाद शर्मा ज्युले उपस्थित सबैमा तिजको शुभकामना सहित  अभिभाबकको रुपमा दुताबासले तिजको न्याश्रो मेटाउन मद्दत होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउँदा चेलीहरु हर्षित भएका थिए ।
उहाँले आफ्नो रचना बाचन गर्नु भएको थियो । मृदुभाषी महामहीम भित्र लुकेको लेखकीय खुबीको सबैले तालिद्वारा प्रशंशा गरिएको थियो । औपचरिक कार्यक्रम बिना मात्र महामहिमज्युको मन्तब्यमा साथमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली दुताबासका प्रथम सचिब विजय कुमार राउतज्युले कार्यक्रममा रियाद आसपासमा परिवार सहित आबासिय रहेका नेपालीहरुलाई नछुटाईकन बिशेष निम्तो दिईएको र परदेशमा समेत आफ्नो कला संस्कृति परिपालना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा निम्त्याईएका प्रायसः परिवार उपस्थित भएका थिए ।
कार्यक्रममा उपस्थित श्रम सहचारी अम्बिका प्रसाद अधिकारी ज्युले तिजको कार्यक्रम तिज पर्बलाई असल संस्कृतिको रुपमा अघि लैजानु पर्ने र बिकृतिको रुपमा जानबाट रोक्न सबैले सचेत भएर लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।
साउदी अरबको परिवेशमा सामाजिक रुपमा बन्धनमा रहनु पर्ने अबस्था रहेकोमा कार्यक्रमले साउदीमा रहेका नेपाली महिलाहरुलाई तीज मनाउने थलो बनेको हो ।
श्रम सहचारी अधिकारीले हालका दिनमा साउदीमा रहेका श्रमिकहरुको गुनासो र निकास पहिल्याउन लागि रहेको तथा दिन कै एक सय ५० भन्दा बढी फोन कल रिसिभ गर्नु पर्दा काममा केहि बाधा आई परेको गुनासो गर्दै यसलाई क्रमबद्ध रुपमा समस्या समाधानको लागि पहल भएको बताउनु भएको थियो । उहाँले साउदीको हालको अबस्थाले गर्दा सजिलै समाधान हुन सक्ने भन्दा जटिल मुद्दाहरु समाधान गर्न प्राथमिकता राखेर कार्य गरिरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा उपस्थित महिला दिदीबहिनिहरुले खुसी ब्यक्तल गरेका छन् । परदेशमा पनि तिज मनाउन पाउदा थोरै भएपनि माइतीको न्याश्रो मेट्न सहज भएको भनाई छ । 
कार्यक्रममा साउदी नेपाली अनलाईन टि.भि तथा अरबनेपालडटकमका तर्फबाट प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठ, प्रधान सम्पादक कृष्ण श्रेष्ठ र रियाद प्रतिनिधि सुरेश राज त्रिपाठी लगायतको  उपस्थिति रहेको थियो ।
नेपालका गाउ, बेशी र शहरहरूमा चारै तिर तिजको लरह फैलिदै गर्दा साउदी अरबको जुबेल पनि तिजमय बतावरण बनेको थियो ।
तिजको लहरमा नेपाली चेलीहरू रहर फेरि दर खादै तिजमा रमाउँदा मलाई गाँउघरको पनि सम्झना आईरहेको थियो । 
त्यस्तै नेपाली महिलाहरूको महान चाड हरितालिका तिजको शुभ अवसर पारेर गैर आवासीय नेपाली संघ स्थानिय समन्वय समिति जुबेलले तिज बिशेष कार्यक्रम आयोजना भयो । एलसिसि जुबेलका अध्यक्ष ओम फुयालको सभपतित्वसमा आयोजित कार्यक्रम, साउदी अरबको जुबेल स्थित कुक जोन होटेल हलमा सम्पन्न भएको थियो । आसन ग्रहणबाट प्रारम्भ भएको तिज बिशेष कार्यक्रम प्रमुख अथितिमा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष नारायण पासवान, बिशेष अथितिमा एनसिसि साउदी अरबका प्रमुख संरक्षक पुरूषोत्तम दास श्रेष्ठ, बिशेष आमन्त्रित अथितिमा नेपाली राजदूतावासका स्थानिय कर्मचारी हरि घिमिरे हुनुहुन्थ्यो । 
त्यसैगरी एनसिसि साउदी अरबका उपाध्यक्ष डम्मर यादव, महासचिव तेज बहादुर थापा, केन्द्रिय सदस्य क्रमशः उमेश भट्टराइ तथा बिष्णु पोख्रेल, भूतपूर्व एनसिसि सल्लाहकार बिन्ती श्रेष्ठ, पूर्व एनसिसि कोषाध्यक्ष देवेन्द्र सुबेदी, भूतपूर्व एनसिसि सदस्य क्रमशः सनिता श्रेष्ठ, सुदिप शाक्य, आरसिसि पुर्वी क्षेत्रिय का. बा. अध्यक्ष रोशन श्रेष्ठ, आरसिसि पुर्वी क्षेत्रिय सल्लहकार ढल बहादुर थापा, एलसिसि अलखोवरका अध्यक्ष नरेन्द्र कार्की, एलसिसि दम्मामका अध्यक्ष बालकृष्ण पंगेनी, भूतपुर्व आरसिसि पूर्वी क्षेत्रिय सचिव नबिन मुडभेरी तथा दम्पति लाइ अथितिको रूपमा साशन ग्रहण गराइएको थियो । आरसिसि पुर्वी क्षेत्रिय सचिव तथा आयोजक कमिटिका सदस्य आन्जनि कुमार अधिकारीद्वारा संचालित कार्यक्रममा व्यावसायी तथा समाज शेवी जोन अर्याल तथा रबिना अर्याल, समाज शेवी राजेश सेन्दाङ, कमल थापा, एलसिसि जुबेलका सदस्य तथा होटेल व्यावसायी गोबिन्द चौहान, व्यावसायी सन्तोष पाण्डे अथितिको रूपमा उपस्थित रहनु भएको थियो । 
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू क्रमशः पत्रकार तथा नेपाली साझा मञ्चका अन्तराष्ट्रिय अभियान्ता महेश श्रेष्ठ, बिबेकशिल नेपालीका रबिन गुरूङ, पुर्व आरसिसि पूर्वी क्षेत्रिय सदस्य, होटेल व्यावसायी तथा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य यावा लिम्बु, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवध्द दम्माम क्षेत्रका अध्यक्ष टंक प्रसाद माङ्गलाङ, तमुधि प्रवास शाखा साउदी अरकी केन्द्रिय सदस्य तुलसि गुरूङ पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय गानको धुनले गञ्जयमान बनेको हलमा पुर्व एनसिसि केन्द्रिय सदस्य तथा आयोजक कमिटि सदस्य चन्द्र प्रकाश भण्डारीले शुभकामना मन्तव्य दिनु भएको थियो । दर बिशेष कार्यक्रम अन्तर्गत नेपाली चेलिहरू क्रमशः सनिता श्रेष्ठ, रबिना अर्याल, लक्ष्मी रावल, सैफा अजिजा खान, सिला राइ, अनुजा थापा, एलिसा राइ, तुल्सि गुरूङ, पुष्पा राइ, दिलु राइ, शोभा घिमिरे, बिन्ती श्रेष्ठ, लिला हुमागाइँ, पूजा के. सी., प्रजिता मुडभरी, जेनी तामाङ, रोशनि तामाङ, रोजिना तामाङ, सरीता पाण्डे, मन्जु पोख्रेल, श्रृति तकाछे श्रेष्ठ आदी लाइ कार्यक्रमका सभापति, प्रमुख अथिति, बिशेष अथिति तथा अथितिहरूद्वारा दर खुवाइएको थियो । स्थानिय कलाकारहरू, राजन सुबेदी, चन्द्रमान तामाङ लगायतका कलाकारहरूले आ–आफ्नो कला र प्रतिभा प्रस्तुत गर्नुभएको थियो भने तमुधि प्रवास शाखा साउदी अरबकी केन्द्रिय सदस्य तुलसि गुरूङ, एनआरएनए एनसिसि साउदी अरबकी भूतपूर्व सल्लाहकार बिन्ति श्रेष्ठ, बर्तमान महासचिव तेज थापा, एनसिसि साउदी अरबका प्रमुख संरक्षक पुरूषोत्तम दास श्रेष्ठ, एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान नेपाली दूतावसाका स्थानिय कर्मचारी हरि घिमिरे लगायतका अथितिज्युले हरितालिका तिज बिशेष शुभकामना मन्तव्य दिनु भएको थियो । नेपाली चेलीहरूको तिज बिशेष गित, संगित, नृत्यसँगै कार्यक्रमका सभापति ओम फुयालद्वारा कार्यक्रम समापन गरिएको थियो ।

Post a Comment

 
Top