0
निजगढसमाचार, निजगढ
अब गृह मन्त्री जनादर्न शर्मा ‘प्रभाकर’ सिधैं गुनासो टिपाउन पाईने भएको छ । 
गृह मन्त्री शर्माले सेवाग्राहिको गुनासो सुन्न आज देखि हटलाईन सेवा संचालनमा ल्याएका छन् ।
स्थानीय प्रशासनबाट सेवा नपाए र र शान्ति सुरक्षासंग सम्बन्धीत जरुरी सूचना भएमा मन्त्रालयको हटलाईन नम्बर १११२ मा तत्काल सम्पर्क गर्न सकिने मन्त्री शर्माले जानकारी दिनुभयो ।
मन्त्री शर्माले आफ्नो फेसबुक पेजमार्फत आजैदेखि गुनासो सुनुवाइका लागि हाटलाईन नम्बर संचालन गरिएको जानकारी गराएका हुन् ।

Post a Comment

 
Top