0
निजगढसमचार, निजगढ
बाराको निजगढका युवा उद्यमी सरोज कोईरालाले नेपाल सरकारको राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
निजगढमा स्थापना भएको कुशल ब्यबसाय परामर्श तथा तालिम केन्द्रका प्रवन्ध निर्देशक कोईराला  उद्यमी पुरस्कार २०७४ बाट सम्मानित हुनुभएको छ ।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवा उधमीहरुले नेपालमा रोजगारीको क्षेत्रमा कार्य गर्ने र योगदान पु¥याउने युवाको रुपमा ५० हजार नगद सहित निजगढका युवा कोईरालालाई सम्मान गरेको हो ।
सम्मान ग्रहणपछि प्रतिकृया दिदै युवा उद्यमी कोईरालाले आफ्नो ब्यवसाय मार्फत निजगढलाई परिचित गराउन पाउँदा  खुशी लागेको बताउनु भएको छ । ‘यो राष्ट्रिय सम्मानले मलाई जिम्मेवारी थपिएको महसुस भएको छ,’ कोईराललाले भन्नुभयो–मलाई यहाँसम्म पुग्न सहयोग पु¥याउनु हुने सबैप्रती हार्दिक आभारी छु ।

Post a Comment

 
Top