0
निजगढसमाचार, निजगढ,२४ असार ।
बाराको निजगढ–७ योजनाटोलस्थित नेत्रोदय माध्यमिक विद्यालयको प्रधानाध्यापकमा कुल बहादुर अस्थानी मगर ‘रबि’ नियुक्त भएका छन् ।
सर्लाहीबाट हजरिया सरस्वती माध्यमिक विद्यालयबाट   सरुवा भई शिक्षक कुल बहादुर नेत्रोदयमा प्रअमा नियुक्ति भएका हुन् । उनी निजगढ–९ निवासी हुन् ।
नेत्रोदयका प्रअ रबिन्द्र कुमार शर्माको असमायिक निधन भएपछि शिक्षक केशवराज पाण्डे निमित्त प्रअका रुपमा कार्यरत थिए ।

Post a Comment

 
Top