0
निजगढसमाचार, निजगढ, २४ असार ।
काठमाडौंको तिनकुने स्थित ग्रीन क्याफे एन्ड पार्टी प्यालेसको शभा हलमा शनिबार निजगढ–काठमाण्डौं सम्पर्क समिति गठन भएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट निजगढ–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चको प्रारम्भिक भेलाबाट नेत्र बहादुर राउतको संयोजकत्वमा १५ सदस्यि सम्पर्क समिति गठन भएको हो । 
नव गठित समितिको उप–संयोजकमा दिपक सापकोटा, खड्ग बहादुर लामा, रामकुमार लामा र सम्झना मोक्तान चयन हुनु भएको छ । त्यस्तै समितिको सचिवमा सपिम खरेल, सदस्यहरुमा राजन चौलागाई, सादक गौतम, सङ्गिता मोक्तान, अनिश शर्मा उप्रेती, शिखर चौलागाई, लक्ष्मी तिमल्सिना, नारायण उप्रेती,पेमा लामा र विवेक गौतम रहनु भएको छ । त्यसैगरि भेलाले सात सदस्यीय सल्लाहाकार समिती समेत गठन गरेको छ । समितिको सल्लाहकारहरुमा बरिष्ठ चलचित्रकर्मी युवराज लामा, युवा नेता रविराज दंगाल, केशव चौलागाई, विकाश चौलागाई, अर्जुन हुमागाई, गोविन्द अधिकारी, गोपाल चौलागाई रहनु भएको छ ।
भेलाले निर्वाचित कमिटीले मञ्चलाई विस्तार गर्दै आसन्न स्थानिय तहको निर्वाचन अगाडी काठमाडौंमा रहनु भएका नेकपा (माओवादी केन्द्र) निकट आस्था राख्ने निजगढ स्थायी घर भई काठमाडौंलाई कर्मथलोको रुपमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थितिमा बृहत भेला गर्ने सर्वसम्मत निर्णय भएको नव गठित समितिका सचिव सपिम खरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ चलचित्रकर्मी युवराज लामाले समग्र राजनितिक विषयवस्तु र पार्टी संगठनको बारेमा धारणा राख्नु भएको थियो । विशिष्ट अतिथी युवा नेता रविराज दंगालले कार्यक्रमको औचित्य र सम्पर्क समिति सहित निजगढमा माओवादीको भुमिका बारेमा धारणा राख्नु भएको थियो । 
बारा–काठमाडौं सम्पर्क मंचका अध्यक्ष दिपक सापकोटा रहनु भएको थियो । भेलामा ५७ जना निजगढका स्थानियको सहभागीता रहेको कार्यक्रम सञ्चालक सपिम खरेल र स्वागत नेत्र बहादुर राउतले राख्नु भएको थियो ।

Post a Comment

 
Top