0
निजगढसमाचार, निजगढ, १९ असार ।
बाराको निजगढस्थित शहीद हिरालाल मार्ग निर्माणमा भईरहेको ढिलासुस्तीको विषयमा आज सडक डिभिजन कार्यालय हैटौंडाको ध्यानाकर्षण गराईएको छ । सडक निर्माण कार्यमा ठेकेदारले लापरवार्ही गर्दा लामो सयमदेखि आवतजावत सम्म ठप्प भएपछि स्थानीयको चर्को विरोध पछि निजगढ नगरपालिका कार्यालय, विभिन्न राजनीतिक दल र सरोकारवाला निकायहरु सडक डिभिजन कार्यालय हेटौंडा डेलिगेशन गएका हुन् । 
वर्षा लागेको भन्दै ठेकेदारले निर्माण रोकेको र निर्माणका क्रममा सडकमा भएका खाल्डाखुल्डीको कारण जोखिम बढेको र निर्माण सामाग्रीको कारण सडक अवरुद्ध बनेकाले सडक पूर्णरुपमा संचालनमा ल्याउन स्थानीयको माग समेटिएको पत्र डिभिजन कार्यालयका सुचना अधिकारी इन्जिनियर जयराम अधिकारीलाई बुझाईएको नगरपालिका योजना प्रमुख नबिन खनालले जानकारी दिनुभयो । पत्र बुझ्दै १० दिन भित्र नालाको व्यवस्थापन गर्दै सडक व्यवस्थित गर्न डिभिजन कार्यालयसंग सहमति भएको निजगढ नगरपालिकाका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
टोलीमा निजगढ नगर विकास समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, नगरपालिका योजना प्रमुख नबिन खनाल,  नेपाली काग्रेसका नेता पदम बहादुर भण्डारी, एमालेका थानेश्वर सापकोटा, राप्रपाबाट पर्शुराम भण्डारी, मालेबाट श्याम सिग्देल, राजपाबाट मोजहर मन्सुर, महिला नेतृ मिना लामा, बारा उद्योग वाणिज्य संघ निजगढ शाखाका अध्यक्ष टेक बहादुर लामा, ब्यवसायिहरु भोला प्रसाद गौतम, शुभाष चौलागाई, उमेश सुनार लगायत सहभागि रहेको टोलीमा सहभागि टोलीमा सहभागि नेकपा ९माओवादी केन्द्र० का केन्द्रिय सदस्य रबिराज दंगालले जानकारी दिनुभयो ।

Post a Comment

 
Top