0
निजगढसमाचार, निजगढ, १५ असार ।
आज असार १५ गते अर्थात १४ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । धान दिवसको अवसरमा बाराको विभिन्न स्थानमा विशेष कार्यक्रम हुने भएको छ ।
जिल्ला कृषि विकास कार्यालय बाराको सहयोगमा अघिल्लो वर्ष जस्तै जितपुरसिमरा उपमहानगरपालिका–१५ नयाँबस्तीस्थित समाजसुधार कृषि सहकारी संस्थाले विशेष कार्यक्रम आयोजना गर्दैछ ।
बाराको निजगढको पहिलो रेडियो सामुदायिक रेडियो मध्यतराई ९४.४ मेगाहर्जले पनि धान दिवस विशेष कार्यक्रम गरेर मनाउने भएको छ । निजगढ–५ सडकटोलमा एक किसानको खेतमा विशेष कार्यक्रम आयोजना गरिएको रेडियोका प्रवन्ध निर्देशक उमेश सुनारले जानकारी दिनुभयो । ‘कृषिलाई प्रर्वद्धन, कृषकको सम्मान, यसपालिको रोपाई रेडियो मध्यतराईसंगँ भन्ने नारा सहित पहिलो पटक कार्यक्रम हुन गईरहेको हो ।
त्यस्तै नेकपा एमाले निकट युवा संघ निजगढ नगर कमिटीले पनि धान दिवस मनाउने भएको छ । संघले जनआन्दोलन–२ का शहीद हिरालाल गौतमको खेतमा धान रोपेर दिवस मनाउन लागेको युवा संघ निजगढका अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै जितपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टामा प्राविधिक शिक्षालय जनता माध्यमिक विद्यालयले धान रोपाई कार्यक्रम आयोजना गर्ने भएको छ । धान दिवसको बिशेष कार्यक्रमको तयारी पुरा भएको बिद्यालयका सह–प्राचार्य तथा कृषि को–अर्डिनेटर राजु अधिकारीले जानकारी दिनुभयो ।
कृषि प्राबिधिक शिक्ष्ाँलयको नामले परिचित यस विद्यालयले हरेक बर्ष धान दिवस मनाउदै आएको छ ।
गत बर्ष जिल्ला शिक्षा अधिकारीको बिशेक्ष्ँ उपस्थितिमा धान रोपाई तथा दहि चिउरा खाएर दिवश मनाएको जनता माबिले यस बर्ष पनि शैक्षिक तथा कृषि क्ष्ँेत्रका बिषेश ब्यक्तित्वको उपस्थितिमा कार्यक्रम गर्ने शिक्षक अधिकारीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top