0
निजगढसमाचार, निजगढ, १२ असार ।
विश्व दुब्र्यसन बिरुद्धको दिवसको अवसरमा युथ अफ निजगढले निजगढमा जनचेतना मुलक ¥याली आयोजना गरेको छ । क्लबको कार्यालय लायन्सचोकबाट सुरु भएको ¥याली लच्का सम्म पुगेर शहीद चोकमा कोणसभामा परिणत भएको थियो । 
¥यालीमा ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, योजना विकास समाज नेपाल लगायत कार्यालय तथा संघसंस्थाको सहभागिता रहेको थियो । उनीहरुले विभिन्न चेतनामुलक प्लेकार्डं बोक्नुका साथै विभिन्न नाराहरु समेत लगाएका थिए ।
कोण सभा क्लबका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको थियो । कोण सभालाई निजगढ नगरपालिका कार्याकारी अधिकृत भरतचन्द्र अधिकारी, नगर विकास समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, कांग्रेस नेता सुरेश कुमार खनाल, एमाले नेता एक बहादुर श्रेष्ठ, माओवादी नेता रबिराज दंगाल, राप्रपा नेता खड्गप्रसाद उप्रेती, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक कुमार राय, उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष टेक बहादुर लामा लगायतले सम्बोधन गरेको कार्यक्रमको कार्यक्रमको संचालन बद्रि चिमरियाले गरेका थिए ।

Post a Comment

 
Top