0
निजगढसमाचार, कलैया
बाराका सरकारी कार्यालयहरुको पुर्वाधार अपांगता मैत्री बनाउन दबाब अभियान सुरु भएको छ ।
आईएल सेन्टरको आयोजना तथा नेपाल अपाग सेवा संघ बाराको ब्यवस्थपनमा अभियान सुरु भएको हो । अभियान जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन, जिल्ला शिक्षा, महिला तथा बालबालिका लगायतका कार्यालयमा पुगेर कार्यालय प्रमुखहरुसंग प्रतिवद्धता जनाउन लगाएको छ ।
यसैविच बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जिल्लामा निर्माण हुने सरकारी कार्यालयहरुको  पुर्वाधार अपांग मैत्री बनाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी केशरीले समाजमा अपागहरुलाई मायाको खाँचो रहेको भन्दै सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिए । उनले यातायातमा पनि अपागताहरुको सहुलियतका लागि सम्बन्धीत ब्यक्ति तथा निकायलाई निर्देशन गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले अपागहरुको छात्रवृत्तलिाई छिटो र भरपर्दो रुपमा बितरण गर्न मातहतका प्रधानाध्यापकहरुलाई निर्देशन दिने प्रतिवद्धता ब्यतm गरेका छन् ।
त्यस्तै महिला तथा बालबालिका कार्यालय बाराकी प्रमुख अन्जु ढुंगानाले अपाङ्गता मैत्री सेवा प्रवाहलाई चुस्त बनाईने बताईन् ।
सम्बन्धित कार्यालयमा सोही कार्यालयका प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अपाग सेवा संघ बाराका कार्यवाहक अध्यक्ष धनप्रसाद बजगाई, मध्यमाञ्चल अध्यक्ष गंगाप्रसाद बाग्ले, प्रेस सेन्टर बाराका संयोजक रामबाबु मेहता लगायत सहभागि थिए ।
सहायक सामाग्री वितरण
बाराको कलैयामा जिल्ला समन्वय समिति कार्यालय बारा र कलैया उपमहानगरपालिकाको सहयोगमा अपाङ्गता सहायक सामाग्री वितरण गरिएको छ ।कार्यक्रमका बिच सिमाकुमारी गुप्तालाई एउटा ट्राईसाईकल सहित ५ जनालाई ह्विलचियर वितरण गरिएको छ । त्यस्तै कलैया उपमहानगरपालिकाले एक लाख २० हजार मूल्य बराबरको दुई जनालाई कृतिम खुट्टा र ३ जनालाई बैशाखि बितरण गरिएको हो । यसैबिच कार्यक्रममार्फत रमेश साह नुनियाको संयोजकत्वमा कलैया उपमहानगरपालीका स्तरीय अपांग सञ्जाल गठन गरिएको छ । अपांगता भएकाहरुको अवस्था बुझ्न र उनिहरुले पाउनुपर्ने अधिकार तथा सेवा सुबिधा अपांगता भएकाहरुसम्म पु¥याउन सञ्जाल गठन गरिएको छ ।

Post a Comment

 
Top