0
निजगढसमाचार, निजगढ
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढको भोली हुने साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको छ । बारा उद्योग वाणिज्य संघको सभा हलमा विहान ११ बजे साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्चुत मैनालीले उद्घाटन गर्ने तय भएको छ । 
साधारण सभाको सम्पूर्ण तयारी पुरा भईसकेको संस्थाका सचिव जयराम कुमरले जानकारी दिए । साधारण सभाको उद्घाटन कार्यक्रमका लागि विभिन्न संघ, संस्था, राजनीतिक दल, उपभोक्तालाई पत्रचार गरिएको सचिव कुमरले बताए ।

Post a Comment

 
Top