0
निजगढ खबर, बारा, ४ असार
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले विसं ०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेकाे छ । एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
    परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।
     यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
    परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np,www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ ।

Post a Comment

 
Top