0
निजगढ खबर, बारा, ४ असार
 यस वर्षको एसएलसी परीक्षाको नतिजा आज शुक्रबार मध्यान्ह सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आज साढे १२ बजे एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो ।
    कार्यालयले गत चैतमा लिएको परीक्षाको नतिजा नतिजा सार्वजनिक गर्न आज साढे १० बजे बोर्डको बैठक राखेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, सम्पूर्ण तयारी सकियो । साढे १० बजे बोर्ड बैठक राखेका छौं । साढे १२ बजे शिक्षा विभागको हलमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौँ ।
    परीक्षामा ५ लाख ७१ हजार विद्यार्थी सहभागी थिए । यसमा नियमित तर्फ ४ लाख २६ हजार विद्यार्थी थिए भने प्राविधिक तर्फ ३ हजार २ सय ८८ विद्यार्थी सहभागी थिए ।

Post a Comment

 
Top