0
निजगढ समाचार, निजगढ, १९ असार
निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश कुमार खनालले तालिममा सिकेका सिपलाई ब्यवहारमा उर्तान आग्रह गरेका छन् । आज बाराको निजगढमा आधारभुत सवारी चालक तालिमको एक कार्यक्रमका विच उद्घाटन गर्दै अध्यक्ष खनालले कुशल चालकको अभाव भईरहेको बेलमा तालिम लिएका चालकले राम्रौ आम्दानी गर्न सफल समेत हुने विश्वास ब्यक्त गरेका छन् ।
तालिमबाट सडक नियमका ज्ञान प्राप्त हुने भएकाले सवारी चालक अनुमति लिन समेत तालिम महत्वपूर्ण हुने बताउनुभयो । समाजमा पछाडी परेका दलित समुदायको आर्थिक विकासको लागि नगरपालिकाले आर्थिक सहयोग गरेको बताउनुभयो ।
  बाराको निजगढमा संचालनमा रहेको तालिम प्रदायक संस्था कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा. लि.ले बाराको निजगढमा पहिलो पटक दलित समुदायका युवालाई आधारभुत सवारी चालक तालिम आयोजना भएको छ ।
निजगढ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो । तालिममा दुई महिला, एक अपाङ्ग सहित १० जनाको सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका वडा सचिव विष्णुलाल श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय बाराका ट्राफिक प्रहरी हवल्दार अर्जुन चन्द्र खनाल, तालिमका प्रशिक्षक प्रकाश रिमाल, पत्रकार महेश्वर अधिकारी, प्रशिक्षार्थी धनकुमार लामाले तालिम बारे आफ्नो धारणा राखेका थिए । कार्यक्रमको केन्द्रका प्रवन्ध निर्देशक सरोज कोईरालाले सहजीकरण गरेका थिए ।

Post a Comment

 
Top