0
महेश्वर अधिकारी, निजगढ, १९ असार
बाराको निजगढको बहुचर्चित दुई विगाहा ७ कठ्ठा १७ धुर सार्वजनिक जग्गा बैंकमा राखेर २१ करोड निकाल्ने तयारी भएको खुलासा भएको छ । रमन कन्ट्रक्सन हेटौडाले लक्ष्मी बैंक मार्फत रकम निकाल्ने तयारी अन्तिम चरणमा पु¥याएको हो ।
   गौचरणको रुपमा रहेको जग्गा रमन कन्ट्रक्सन हेटौडाले जिल्ला मालपोत कार्यालय बाराको मिलेमत्तोमा दर्ता गराएपछि त्यसको विरोधमा निजगढबासी आन्दोलित भएका थिए ।
आन्दोलनपछि पुर्नबेदन अदालत हेटौडाले निशेषज्ञा जारी गरि सो जग्गामा कामकारवार्ही नगर्न र अख्तीयार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले समेत सो जमिनलाई सार्वजनिक प्रयोग गर्न भनि केन्द्रलाई प्रतिबेदन बुझाएको थियो ।
निजगढ सार्वजनिक सरोकार समितिले विभिन्न चरणको आन्दोलन र अदालतको आदेशपछि प्रकृया रोकिएको अवस्थामा गत जेष्ठ २७ गते निजगढ नगरपालिका कार्यालयले मालपोत तिरो बुझेको थियो ।
नगरपालिकाले तिरो बुझेपछि पुर्नबेदन अदालत हेटौडाका न्यायधिश बिनोद शर्मा र कुमार पोख्रेलको संयु्क्त ईजलासबाट कामबारवार्ही फुकुवा गरेपछि सोहि आदेशको आधारमा मालपोत कार्यालय बारामार्फत बढी धितो मुल्याङकन गरि बैंकबाट रकम निकाल्ने तयारी भएको हो ।
जग्गा सार्वजनिक गर्ने आन्दोलन गर्दै आएको सरोकार समितिको आज बसेको आकश्मीक बैठकले बैंक मार्फत रकम निकाल्न मिलेमत्तो गरेको भन्दै निजगढ नगरपालिका कार्यालयलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । समितिका सचिव रविराज दंगालका अनुसार बैठकमा नगरपालिकाले निजगढबासीको भावना विपरित मालपोत बुझेको भन्दै चर्को विरोध भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत विमल पोख्रेल समेतको मिलेमत्तोमा मालपोत बुझिएको आशंका गर्दै नगरपालिकासंग त्यसबारे जानकारी लिने उनले बताए । बैठकले भोली जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयलाई दर्ता बदर गर्न आग्रह गर्ने समेत निर्णय गरेको छ ।
जग्गाको बढी मुल्याङकन गरि बैंक मार्फत रकम निकाल्न करोडौंको चलखेल भएको बैंठकका सहभागिले बताएका छन् । बैंकमा जग्गा धितो राख्न आवश्यक प्रकृयाका मिलाउन नगरपालिका, मालपोत र न्यायधिशको समेतको मिलेमत्तो रहेको भन्दै त्यस विरुद्ध शसक्त आन्दोलन गर्ने बारे छलफल भएको बैंठकमा सहभागि समितिका सह–संयोजक पदम बहादुर भण्डारीले बताए ।
बैंक ब्याक 
जग्गा धितो राखेर ऋण दिने तयारी गरेको लक्ष्मी बैंक ब्याक भएको छ । विवादित बनेको सार्वजनिक जग्गा बारे समितिले जानकारी गराएपछि हिजो धितो राख्ने तयारी भएकोमा बैंकले पछाडी हटेको हो ।
अख्तीयारको निर्देशन
सार्वजनिक जग्गा धितो राखेर रकम निकाल्ने तयारी भएको सुचना पाएपछि निजगढ सार्वजनिक सरोकार समितिले अख्तीयार दुरुपयोग अनुसन्धान आयोग हेटौडालाई गुहारेको छ । समितिका पदाधिकारीहरु हिजो अख्तीयार पुगेर बैंकमा जग्गा राख्न खोजेको बारे जानकारी गराएपछि अख्तीयारले छानविनको क्रममा रहेको जग्गाबारे कुनै पनि प्रकृया अगाडी बढाउदा ऐन नियम पालना गर्न मालपोत कार्यालयलाई निर्देशन दिएको छ ।

Post a Comment

 
Top