0
महेश्वर अधिकारी, निजगढ, २० असार
सार्वजनिक जग्गा धितो राखेर ऋण दिने तयारी गरेको लक्ष्मी बैंक काठमाण्डौंले त्यसबारे समाचार प्रकाशित भएपछि आन्तरिक रुपमा अनुसन्धान सुरु गरेको बताएको छ । सार्वजनिक जग्गा बैंकमा राखेर २१ करोड निकाल्ने तयारी
 शिर्षकको समाचार निजगढ समाचार डट ब्लगस्टोर्ट डटकममा प्रकाशित भएपछि त्यसप्रति बैंकको ध्यानाकर्ष भएको बताएको छ । बैंकको आधिकारिक फेसबुक पेजमार्फत म्यासेज पठाउदै बैंकले समाचार प्रकाशन गरेर ध्यानाकर्ष गराएकोमा धन्यवाद दिदै भनेको छ– त्यस विषयमा आन्तरिक रुपमा अनुसन्धान थालेका छौं। दोषीलाई कारवार्ही गर्ने छौं ।
यस अघि विवादित बनेको सार्वजनिक बारे समितिले जानकारी गराएपछि अस्ती धितो राख्ने तयारी भएकोमा बैंकले पछाडी हटेको बताईएको छ ।
जिल्ला मालपोत कार्यालय बाराका कर्मचारीहरुको मिलेमतोमा भुमाफियाहरुले  निजगढ नगरपालिका  ९ (साविक– ८) स्थित कि.नं. १३० को २ बिगाहा ७ कठ्ठा १७ धुर पर्ति सार्वजनिक जमिनको किर्ते कागजको भरमा  बैकमा धितो राखेर करोडौं रकम निकाल्न गरिएको प्रयास स्थानीयको अवरोधका कारण विफल भएको थियो ।
यसैबीच आज किर्ते दर्ता बदरको लागि माग पेश गर्न सरोकार समितिका पदाधिकारीहरु अहिले जिल्ला प्रशासन कार्यालय कलैया पुगेका छन् ।

Post a Comment

 
Top