0
निजगढ समाचार, वीरगन्ज, २१ असार
युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७२ बाट लागु औषध दुब्र्यसन रोकथाम र एचआईभी एड्स नियन्त्रणका लागि लामो समयदेखि सक्रिय वीरगन्जस्थित बिद्यार्थी जागरण मञ्च (बिजाम) का अध्यक्ष महेश अर्यालसम्मानित भएका छन् ।
     काठमाण्डौको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरिएको कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्रालयले सोमबार नगद ५० हजार राशीसहित अर्याललाई सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले कार्यक्रमका बिच दोसल्ला ओढाउदै नगद र सम्मानपत्रसहित अध्यक्ष अर्याललाई सम्मनित गरेका थिए ।
युवामा सिर्जनशिलता, सकारात्मक सोच प्रवाहित गर्नुका साथै लागु पदार्थ दुब्र्यसन रोकथाम र एचआभी÷एड्स नियन्त्रणमा संस्थामार्फत सक्रिय रहेको मन्त्रालयद्धारा अर्याललाई दिइएको सम्मानपत्रमा उल्लेख छ । मन्त्रालयले सो कार्यक्रममा अवसरमा अर्यालसहित देशभरका ३७ युवालाई जनही ५० हजारका दरले सम्मान गरेको थियो ।
    सम्मान कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री पौडेलले सृजनशिल र उद्यमशिल युवालाई प्रोत्साहन गर्ने उदेश्यका साथ देशभरका उत्कृष्ट युवालाई सम्मान गरेको बताउनुभयो । यस्ता सम्मानर कार्यक्रमले युवाहरुलाई उर्जा प्रदान गर्ने मन्त्री पौडेलको भनाई थियो ।
मन्त्रालयका सचिव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव शशिशेखर श्रेष्ठ, चुडामणी पौडेल, संविधान सभासद अनन्त पौडेललगायतको उपस्थिती रहेको थियो । 

Post a Comment

 
Top