0
महेश्वर अधिकारी, निजगढ, २२ असार
निजगढ नगरपालिकाले विवादित जग्गाको मालपोत (तिरो) बुझेको विषयमा छानविन गर्न समिति गठन भएको छ । नरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोख्रेलका अनुसार लेखा समिति राजेन्द्र कार्कीको संयोजकत्वमा ४ सदस्य छानविन समिति गठन गरिएको हो । समितिलाई एक हप्तामा छानविन गरि प्रतिवेदन बुझाउन भनिएको छ ।
    नगरपालिकाका कार्यकारी अधिकृत र सहायक समेत अनुपस्थित रहेको अवस्थामा नपाले गत जेष्ठ २७ गते उक्त जमिनको तिरो बुझेको थियो ।
यसैविच तिरो बुझेका नगरपालिकाका राजश्वफाँटका कर्मचारी सोमसिंह लामाको सरुवा भएको छ । उनको भरतगंजसिंगौलस्थित निजगढ नरपालिकाको वडा नं. १,२ र ३ को संयुक्त वडा कार्यालयमा सरुवा भएको हो । अनुसन्धानमा प्रभाव पार्न सक्ने भन्दै उनको सरुवा गरिएको नगरपालिका स्रोतले जनाएको छ ।
निजगढ नगरपालिका  ९ (साविक– ८) स्थित कि.नं. १३० को २ बिगाहा ७ कठ्ठा १७ धुर पर्ति सार्वजनिक जमिनको किर्ते कागजको भरमा  बैकमा धितो राखेर करोडौं रकम निकाल्ने उद्देश्यले नगरपालिकामा तिरो बुझाएका थिए ।
झुक्कीएर रसिद काटियो : सोमसिंह
विवादित जग्गाको तिरो बुझेका नगरपालिकाका राजश्वफाँटका कर्मचारी सोमसिंह लामाले रसिद काटिएकोमा आर्थिक प्रलोभन नदिईएको दाबी गरेका छन् । बाहिर विरोध भएजस्तो आर्थिक चलखेलमा आफ्नो संलग्नता नरहेको उनले जिकिर गरे । निजगढ समाचारसंग टेलिफोनमा कुरा गर्दै लामाले एक सुरले काम गरिरहेको अवस्थामा प्रमाण पु¥याएर आएकोले रसिद काटिन गएको बताए । ‘मलाई सार्वजनिक जग्गाबारे जानकारी थियो’, लामाले भने–तर कुन कित्ता भन्ने ख्याल भएन् ।

Post a Comment

 
Top