0
महेश्वर अधिकारी, निजगढ
बाराको निजगढलाई स्मार्ट सिटी रुपमा वि
कास गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेका आर्थिक वर्ष २०७१÷०७२ को बजेट बक्तव्यमार्फत निजगढलाई सुविधा सम्पन्न स्मार्ट सिटीको रुपमा विकास गर्ने घोषणा गरेको हो ।
सरकारले निजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न लागेको भन्दै निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले स्वागत गर्दै निजगढ विमान स्थल र दु्रतमार्गकै कारण यसको संभावना रहेको बताए ।  सरकारले बाराको निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको निर्माणको लागि आगामी वर्ष बस्ती स्थान्तरण गरिने र सो को लागि ५० करोड विनियोजन गरेको छ । सरकारले तराई मधेसलाई राजधानीसँग जोड्ने काठमाडौं-तराई मधेस द्रुतमार्गको निर्माण आगामी वर्ष सुरु गर्ने बताएको छ । यसका लागि १ अर्ब रुपैयाँ छुट्टाइएको छ । त्यस्तै सिमरा–बर्दिवास रेलमार्ग निर्माण, रक्सौल–अमलेखगञ्ज पाईपलाईन विस्तार आगामी वर्ष सुरु गरिने, बाराको सिमरामा विशेष आर्थिक क्षेत्र सेजका लागि पूर्वधार निर्माण कार्य अघि बढाईने सरकारले बजेटमार्फत सम्बोधन गरेको छ । त्यस्तै वीरगंज–पथलैया सडक खण्डलाई छ लेन विस्तार गर्ने सरकारले बजेटमा उल्लेख गरेको छ ।
     तराई मधेसको पूर्वाधारमा विशेष महत्व राख्ने हुलाकी राजमार्गलाई ५ वर्षभित्र सम्पन्न गर्ने गरी ३ अर्ब १९ करोड विनियोजन गरिएको छ । त्यस्तै, पूर्व पश्चिम राजमार्गको स्तरोन्नती गरी ४ लेनको बनाउने काम शुरु गर्न सरकारले बजेट विनियोजन गरेको छ ।
मिथिला क्षेत्र सडक सुधारका लागि ३१ करोड विनियोजन गरिएको छ । त्यस्तै, बर्दिवास(सिमरा खण्डको रेल्वे ट्रयाक निर्माण र जग्गा खरिदका लागि १ अर्ब ८६ करोड विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।
तराई-मधेशका १२ जिल्लाहरुमा धान उत्पादनको पकेट क्षेत्र विकास गरिने भएको छ । यहाँको सबै कृषियोग्य भूमिमा पाँच वर्षभित्र सिँचाइ सुविधा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।
आगामी वर्ष तराई-मधेशमा ४८ वटा डी ट्युबेलहरु जडान गरिने छ । निर्माणाधीन सिक्टा, रानी(जमरा कुलरिया र बबई सिँचाइ योजना निर्माणका लागि ३ अर्ब ७६ करोड छुट्टाइएको छ । वृहत सिँचाई आयोजनाहरु पुनस्र्थापनाका लागि ५२ करोड छुट्टाइएको छ ।
     चुरे विनाश रोक्नका लागि १ अर्ब ९६ करोड बजेटमा विनियोजन गरिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आगमी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ५० करोड विनियोजन गरिएको छ । अन्तरदेशीय प्रशारण लाइनहरुको निर्माणलाई तीब्रता दिइने भएको छ ।
लुम्बिनी र जनकपुरको विकासका लागि पनि सरकारले बजेट विनियोजन गरेको बताएको छ । लुम्बिनी क्षेत्रको गुरुयोजना अनुरुपका कार्यहरु शीघ्र सम्पन्न गर्ने गरी बुद्धिष्ट सर्किटको प्रारम्भिक कार्य शुरु गर्ने बताइएको छ ।
तराईका पिछडिएका दलित र सीमान्तकृत वर्गका कक्षा ११ र १२ मा अध्ययनरत ८० हजार छात्राहरुका लागि रामनारायण मिश्र विशेष छात्रवृत्ति प्रदान गरिने भएको छ ।

Post a Comment

 
Top