0




महेश्वर अधिकारी, निजगढ, ३० असार
निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले नगर क्षेत्रमा सडक विस्तारको लागि कनिका जसरी बजेट छरेको टिप्पणी गरेका छन् । नगरपालिकाले बागदेवमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीको जिज्ञासाको जवाफ दिदै कार्यकारी अधिकृत पोखरेलले प्रत्येका सडकलाई ५० हजारका दरले रकम बाडिएको बताए ।
    ‘सडक ढलान गर्नुअघि सडक विस्तार गर्नुपर्ने हुन्छ त्यो काम ५० हजारको बजेटले पुग्दैन्थ्यो’, कार्यकारी अधिकृत पोखरेलले भने –सडक बनाउन दिएको ५० हजार बजेटबाट उपभोक्ताले सडक विस्तार गरेर ५ लाखको काम गरेका छन् ।
    उनले सडकको नाम के राख्ने त्यसको जिम्मा पनि स्थानीयलाई नै दिईएको जानकारी दिए । बाटोको मापदण्ड बनाएपछि कच्ची बाटो तयार गरेर मात्र पक्की गर्ने उद्देश्यले थोरै बजेट सबै सडकलाई दिने योजना रहेको उनले बताए ।


Post a Comment

 
Top