0
महेश्वर अधिकारी, निजगढ, ३० असार
 निजगढ नगरपालिका–८ खयरघारीबाट एक बृद्ध बेपत्ता भएका छन् । हिजो विहान ४÷५ बजेको समयमा स्थानीय ७० वर्षिय शंकर खड्का बेपत्ता भएका हुन् । उनका जेठा छोरा राज खड्काले बुवा बेपत्ता भएको बारे स्थानीय ईलाका प्रहरी कार्यालय निजगढमा निवेदन दिएको जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय निजगढले निवेदन दर्ता भएको र माथिल्लो तह र मातहतमा लेखि पठाएको जनाएको छ ।
यसैविच शंकरको छोरा राजले आफ्नो बुवाको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । निजगढ समाचारसंग कुरा गर्दै राजले बुवाको खोजीमा संचारकर्मीहरुबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।
कलर भएको सेतो टिर्सट र हाफ कट्टु लगाएको अवस्थामा कपाल खौरिएको ब्यक्ति भेटिएमा स्थानीय प्रहरी कार्यालयमा खबर गरिदिन वा ९८४१७२०९६६ र ९८४१६४५५८५ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

Post a Comment

 
Top