0
महेश्वर अधिकारी, निजगढ, १ असार
 निजगढ नगरपालिका–८ खयरघारीबाट चार दिन अघि देखि बेपत्ता भएका ७० वर्षिय शंकर खड्काको अवस्था अझैं अज्ञात रहेको छ । उनी चार दिन अघि  विहानै घरबाटै बेपत्ता भएका थिए । उनका जेठा छोरा राज खड्काले खोजी कार्य भईरहेको र आज सम्म कुतै नभेटिएको बताए । बुवा बेपत्ता भएको बारे स्थानीय ईलाका प्रहरी कार्यालय निजगढमा निवेदन दिएका उनले प्रहरी र स्थानीय सहित वन क्षेत्रमा खोजी गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय निजगढ र स्थानीय मिलेर तामागढी बन क्षेत्रमा खोजी गर्ने तयारी भईरहेको उनले बताए । यसैविच शंकरको छोरा राजले आफ्नो बुवाको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । निजगढ समाचारसंग कुरा गर्दै राजले बुवाको खोजीमा संचारकर्मीहरुबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।
कलर भएको सेतो टिर्सट र हाफ कट्टु लगाएको अवस्थामा कपाल खौरिएको ब्यक्ति भेटिएमा स्थानीय प्रहरी कार्यालयमा खबर गरिदिन वा ९८४१७२०९६६ र ९८४१६४५५८५ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

Post a Comment

 
Top