0
निजगढ सरोकार समितिका सचिव रबिराज दंगाल पछिल्लो समय आन्दोलनको मुडमा छन् । निजगढको सार्वजनिक सरोकारको विषयमा सृजनात्मक दबाब समुहको रुपमा सक्रिय निजगढ सरोकार समिति यतिबेला सरकारसंग रुष्ट छ । राष्ट्रिय गौरबको आयोजनामा रहेको निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलमा सरकारले बजेट भाषणमार्फत सम्बोधन नगरेपछि त्यसको विरोधमा हिजो विज्ञप्ती निकालेका समितिका सचिव अब कसरी आन्दोलनका कार्यक्रम गर्ने भन्ने छलफलमा छन् । यही सेरोफेरोमा निजगढ सरोकार समितिका सचिव रबिराज दंगालसंग कुराकानी गरेर कार्यकारी सम्पादक महेश्वर अधिकारीले निजगढ समाचारको पहिलो निजगढ शो तयार पारेका छन् । 
निजगढ शो

Post a Comment

 
Top