0
महेश्वर अधिकारी, निजगढ, ३१ असार
सरकारले बाराको निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको निर्माणको लागि बजेट विनियोजन नगरेको भन्दै निजगढ सार्वजनिक सरोकार समितिले आपत्ती जनाएको छ । समितिको आज विहान बसेको बैठकले यस अघिको सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा निरन्तरता दिदै आएको विमानस्थलबारे आर्थिक वर्ष २०७२/०७३ को बजेटमा सम्बोधन नगरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका सचिव रबिराज दंगालद्धारा जारी विज्ञप्तीमा देशकै आर्थिक विकासमा दिर्घकालिन महत्व राख्ने निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण प्रकृया प्रारम्भ हुनै लाग्दा सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/०७३ को बजेटले सम्बोधन नभएकोमा हामी निजगढवासी लगायत मध्यतराईका जनताको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
यस्तो छ विज्ञप्ती 
राष्ट्रिय गौरबको आयोजनाको रुपमा आर्थिक वर्ष २०६७/०६८ देखि नै निरन्तरता दिदै आएकोमा हालै राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत समावेश भएको यस आयोजनालाई २०७२÷०७३ को बजेटमा पूर्णरुपमा बेवास्ता गरेको प्रति हाम्रो गम्भिर आपत्ती छ ।
यस क्षेत्रमा राष्ट्रिय गौरबका दुई वटा आयोजना मध्ये काठमाण्डौं–तराई मधेस निजगढ दु्रुत मार्ग (फास्ट ट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल एक अर्काका परिपूरक आयोजना हुदा“ हुदै सरकारले बजेटमार्फत फास्ट ट्रयाकलाई मात्र सम्बोधन गरेको छ । संगसंगै निजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने बजेट भाषण मार्फत उल्लेख गरेकोले पनि यी तीन वटै आयोजना सफल हुनका लागि यी सबै आयोजना संचालन हुन आवश्यक छ । तर सरकारले विमानस्थलको विषयलाई सम्बोधन नगर्दा यी सबै आयोजना ओझेलमा पर्ने देखिन्छ ।
सरकारले यस क्षेत्रको जनताको भावनालाई सम्बोधन गर्दै छलफलको क्रममा रहेको सरकारको बजेट परिमार्जन गरि यी गौरबशाली आयोजनालाई विशेष महत्वका साथ प्रयाप्त बजेट विनियोजन गर्न हामी सरकारसंग जोडजार माग गर्दछौं । साथै हाम्रो मागलाई बेवास्ता गरिए हामी आन्दोलनमा उत्रिन बाध्य हुने समेत अवगत गराउन चाहान्छौं ।
विमानस्थललाई असफल पार्न कुन तत्व सक्रिय छ ? निजगढ सार्वजनिक सरोकार समिति मार्फत यसको भण्डाफोर गर्न आवश्यक भएकाले समस्त यस क्षेत्रका जनतालाई दबाब सृजना गर्न हामी आह्वान गर्दछौं । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासद् र माननिय मन्त्रीज्यूलाई समेत यस आन्दोलनमा सहभागि भई आफ्नो ठा“उबाट यस आयोजनालाई सरकारको बजेट मार्फत सम्बोधन गराउन अग्रसरता लिन अनुरोध गर्दछौं । साथै यस क्षेत्रका राजनीतिकर्मी, किसान, मजदुर, विद्यार्थी, उद्योगी–ब्यापारी, संचारकर्मी र विभिन्न सामाजिक संघसंस्था सबैलाई यस दबाब मुलक आन्दोलनमा सहभागि हुन आह्वान गर्दछौं ।

Post a Comment

 
Top