0
निजगढ समाचार, हेटौँडा, ३१ असार
अवरल वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ ।
     बुधबार राति गएको पहिरोका कारण हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ अावतजावत गर्ने यातायातका साधनहरु बिहानै त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार मौसम अनुकूल भएमा दिउँसोबाट उक्त पहिरो हटाई काठमाडौँ–हेटौँडा र हेटौँडा–काठमाडौँ यातयात सेवा सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जानकारी दिए ।
     हेटौँडा कुलेखानी सडकअन्तर्गत दैनिक सात सय ५० वटा सुमोजिप यातायात सञ्चालन हुँदै आएको छ ।

Post a Comment

 
Top