0
मस्यौदा बोकेर आउनेलाई एयरर्पोटको माग गर्ने
निजगढ समाचार, निजगढ, २ साउन
निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई सरकारले बजेट मार्फत सम्बोधन नगरेको विरोधमा संविधान मस्यौदा बोकेर निजगढ आउने सभासद्लाई ज्ञापन पत्र बुझाउने भएको छ ।
      निजगढ सार्वजनिक सरोकार समितिको आज सम्पन्न बैठकले साउन ५ गते निजगढ आउने सभासद् पुरुषोतम पौडेल, मधु शाही लगायतलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको समितिका सचिव रबिराज दंगालले जानकारी दिए । कार्यक्रममा आउने प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी मार्फत प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, गृहमन्त्रालय, नागरिक उड्यान तथा पर्यटन मन्त्रालय लगायत जिल्ला स्थित सम्बन्धि कार्यालयलाई ज्ञापन पत्र बुझाउने भएको छ । त्यस्तै साउन ८ गते १२ बजे बृहत दबाब मुलक ¥याली निकाल्ने बैठकले निर्णय गरेको छ ।
      ज्ञापन पत्र बुझाउदा समेत माग सम्बोधन नभए ८ गते नै कडाभन्दा कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय भएको छ ।

Post a Comment

 
Top