0
निजगढसमाचार, निजगढ, ३ कार्तिक
बारा निजगढबाट प्रकाशित निजगढ समाचार साप्ताहिक पत्रिकाको आयोजनामा विजया दशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ–८ लायन्सचोक स्थित कार्यालय परिषरमा आयोजित कार्यक्रममा निजगढ नगरपालिकाका सुचना अधिकारी नविन खनाल, शसस्त्र प्रहरी बेस निजगढका शसस्त्र प्रहरी नायब उपरिक्षक निंरकार शुक्ला, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक रामप्रसाद गौतम, गौरी शंकर उच्च माध्यमिक विद्यालय निजगढ–८ का प्राचार्य शुर्दशन कोईराला, अपाङ्ग सेवा संघ बाराका उपाध्यक्ष धन प्रसाद बजगाई, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ, नेकपा–माओवादी निजगढ नगर अध्यक्ष रविराज दंगाल, कुशल ब्यवसाय तालिम तथा परामर्श केन्द्रका निर्देशक सरोज कोईराला, पत्रकार गोकुल घोरासाईने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
पत्रिका प्रकाशक पवित्रा कुमारी चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सम्पादक समिता चौलागाई र संचालन पत्रकार महेश्वर अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top