0
महेश्वर अधिकारी, निजगढ, १० कार्तिक
बारा निजगढका तामाङ समुदायले आज दशैंमा मारिएका पशु–पक्षिहरुको आत्मशान्तिको लागि सामुहिक पुजापाठ गरेका छन् । निजगढ–८ गुम्बा टोलस्थित टाँसी छ्योई फेलिङ गुम्बामा लामा गुरुबाट पाठ गरेका हुन् । मनिछेग्यो पाठमोलम भनिने मोक्ष पुजामा स्थानीय तामाङ समुदायको उलेख्य उपस्थिति रहेको थियो ।
     लामा गुरु पद्म बहादुर लामाको नेतृत्वमा २० जना बढी लामाहरुले ढ्याङग्रो, झ्याम्म्रा बजाउँदै गुम्बा परिसरमा स्थापना गरिएको माने छोदेन परिक्रममा गरेका थिए ।
पुजा पाठपछि खिर, फलफूल लगायत प्रसाद वितरण गरेका थिए । स्थानीयले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमा पछि यस्तो पाठ गर्दै आएका छन् ।

Post a Comment

 
Top