0
निजगढसमाचार, काठमाडौं, ११ कात्तिक
गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद सचिवालयको लोत्से हलमा गोप्य मतदान जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरिसकेका छन् । मतदान गर्न करिब दुई सय मिटर लामो लाइन छ । एमाओवादी अध्यक्ष प्रचण्ड केहीबेर लाइनमा बसेका थिए । लाइन लामो भएकाले उनी केहीबेरमै बाहिर निस्किएका थिए ।
राष्ट्रपति निर्वाचनमा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी र कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
सत्तापक्षको साझा उम्मेदवार भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने पक्का जस्तै छ । उनलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहित सत्तारुढ गठबन्धनको समर्थन छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विद्याको पक्षमा ३५० भन्दा बढी मत खस्ने दाबी गरेका छन् ।
व्यवस्थापिका संसदमा ५९९ सांसद छन् । राष्ट्रपतिमा निर्वाचित हुन २९९ मत आवश्यक पर्छ ।

Post a Comment

 
Top