0
 तीन वर्षकालागि नयाँ कार्यसमिति चयन
महेश्वर अधिकारी,निजगढ, ३० असोज 
बाराको गढिमाई नगरपालिका १५ डुमरवाना स्थीत साना किसान कृषि सहकारी संस्था लि.  १९औं बार्षिक साधारण सभाले तीन बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
भर्खरै सम्पन्न साधारण सभाको बन्द सत्रले शिव प्रसाद अधिकारीको अध्यक्षतामा नौ सदस्य संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला कुमारी रिमाल, सदस्यहरुमा लक्ष्मि बस्नेत, सितादेवि खड्का, गंगादेवि धिताल, बिश्वनाथ लामिछाने, किशोर शर्मा, महादेव चौधरी, प्रदिप सिहं बराल निर्वाचित भएका निर्वाचन अधिकृत कुलोत्तम पोखरेलले जानकारी दिनुभयो  ।
संस्थाको प्रतिनिधि क्षेत्र अन्र्तगतका समुह, अन्र्तरसमुहका प्रनिनिधिले छानेका ३४ शाखा संचालकहरुको ९ जना प्रतिनिधिले नयाँ समिति चयन गरेका हुन्
। संस्थामा ७३ सय सदस्यहरु आबद्ध छन ।
यस अघि साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य ७५ बर्षिया नारायण दत्त कँडेलले पानसमा बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ लि.(नेफस्कुन)का संचालक कृष्ण पौडेलले सहकारी अभियानमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
पौडेलले सहकारीमा आवद्ध महिलाहरु बचत संकलन र परिचालनका कारण आत्मनिर्भर बन्दै गएको बताउनु भयो । वित्तिय परिचालमा महिलाहरु ईमान्दार भएको परिचय स्थापित गरेकै कारण  सहकारी अभियानले गती लिएको पौडेलको भनाई थियो । वहाँले सहकारीका माध्यमबाट सदस्यहरुलाई उद्यमी र ब्यवासायि बनाउने काम भएको भन्दै  यस्ता कामले सकारात्म सन्देश दिएको र महिला सशक्तीकरण र सामाजीक न्याय स्थापीत गर्न सहकारी सफल भएकोे बताउनु भयो ।
     त्यस्तै डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम् प्रसाद पोखरेलले निम्न वर्गका सदस्यहरुको जीवन स्तर उकास्न सहकारी नीति नियम अनुसार संचालन हुनु पर्ने बताउनुभयो । सहकारीले आफ्नो सदस्यहरुले गरेको उन्नति र प्रगतिका अनुसार आफ्नो मुल्याकँन गर्न जरुरी रहेको बताउदै सदस्यहरुको जीवन मापनको अभिलेख राख्न सहकारीलाई अनुरोध गर्नुभयो ।
     कार्यक्रममा साना किसान कृषि सहकारी संघ लि.बाराका अध्यक्ष शिव प्रसाद अधिकारी,उपाध्यक्ष मिश्रिलाल सहनी,साना किसान विकास बंैक लि.ईलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्ण कुमारी शर्मा, डुमरवाना कलेजका प्रमुख राधेश्याम शिवाकोटी, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष नारायण बर्तौला,साना किसान कृषि सहकारी संस्था लि. भोडाहाका अध्यक्ष पुनदेव प्रसाद रौनियार,फत्तेपुरका कन्हायीलाल थारु,अन्तरपार्टी महिला संजाल बाराकी कोषाध्यक्ष निरु रायमाझी, हलखोरिया साझेदारी वन ब्यवस्थापन समिति डुमरवानाका अध्यक्ष राजकुमार अर्याल,सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि.डुमरवानाका राजुअधिकारी नेपाल पत्रकार महासंघ बाराका सदस्य विदुर खड्का,जनजागृती उच्च माविका प्राचार्य अनिल कुमार मैनाली, हातेमालो सहकारी सिमराका बरुण गौतम लगायतकाले बोल्नु भएको थियो ।
सभामा सस्थाका अध्यक्ष कृष्ण न्योपानेद्धारा प्रस्तुत संस्थागत प्रतिवेदन, मुख्य सस्था प्रबन्धक नारायण क्षेत्रिले प्रस्तुत गर्नु भएको अर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।     कार्यक्रम सस्थाका अध्यक्ष कृष्ण न्योपानेको अध्यक्षता, स्वागत उपाध्यक्ष कमला रिमाल र संचालन वरिष्ठ प्रबन्धक राजेन्द्र जमकट्टेलको संचालनमा सम्पन्न भएको हो । बारा, पर्सा, रौतहटका तीन जिल्लामा कार्यक्षेत्र भएको संस्थाले गढिमाई नगरपालीकाको १,२,३,४,१३,१४,१५,१६ वडा, निजगढ नगरपालीक र अम्लेखगजं गाविसका  झन्डै आठ हजार सदस्यहरुमा ६८ करोड बराबरको कारोबार गर्दै आएको जानाएको छ ।
डुमरवानामा मुख्य कार्यालय रहेको सस्थाले सिमरा,निजगढ र कतर्वाबाट सेवा प्रदान गर्दै आएको छ । सहकारीले यस वर्ष सदस्यहरुलाई १५ प्रतिशत लाभाँश वितरण गर्ने निर्णय गरेको छ ।
२१ जना सम्मानित
साधारण सभाको अवसरमा संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका उत्कृष्ट कारोबार गर्ने सदस्य १२ जना, दुई जना बृद्धबृद्धा, चार जना छात्रछात्रा, उत्कृष्ठ कर्मचारी, अपाङ परिवार र सेवाकेन्द्र स्तरका अन्र्तर समुह गरी २१ जनालाई नगद सहित सम्मान गरीएको छ ।
सदस्य सुरक्षण कार्यक्रमको चेक हस्तान्तरण
साना किसान कृषि सहकारी संस्थाले साधारण सभाको अवसरमा सदस्य सुरक्षण कार्यक्रममा आवद्ध भएका मृतक सदस्यका आश्रित परिवारलाई ३५ हजार मूल्य बराबरको चेक हस्तान्तरण गरेको छ । संस्थाका सदस्य गढीमाई–१ की स्व. सिमादेवीकी छोरा अमित कुमार झालाई संस्थाले चेक हस्तान्तरण गरेको हो ।  संस्थाका अध्यक्ष कृष्ण न्यौपाने, मुख्यसंस्था प्रवन्धक नारायण क्षेत्री र सदस्य सुरक्षण कार्यक्रम संयोजक गणेशराज रिजालले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
संस्थाले चार वर्षअघिबाट सुरु गरेको सदस्य सुरक्षण कार्यक्रम योजना अन्र्तगत करिब ६ हजार ५ सय सदस्य आवद्ध छन् । योजना अन्र्तगत सदस्य बन्न तीन हजार एक सय शुल्क बुझाएपछि सदस्यको मृत्यु भएमा उसको आश्रित परिवारले एक मुस्ट ३५ हजार पाँउछन् ।

Post a Comment

 
Top