0
निजगढसमाचार, निजगढ, २५ असोज
प्रहरी हवल्दार गोविन्द राना
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको गढीमाई नगरपालिका १ दुधौरामा मा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।
   पथलैयादेखि तीन किलोमिटर पूर्वतर्फ रहेको रहेको दुधौरा पुल नजिक बा२८प ३०३८ नम्बरको मोटरसाइकल बदेलसँग ठोक्किएर दुर्घटना हुँदा गढीमाई नगरपालिका १५ नयाँबस्तीका प्रहरी हवल्दार गोविन्द राना र ठेगाना नखुलेका प्रहरी जवान सागर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मकवानपुरमा कार्यरत प्रहरी हवल्दार  राना सरुवा भई रौतटह जान लागेका थिए ।
    हेटौडाबाट चन्द्रनिगाहपुर जाँदै गरेका
बेला मोटरसाईकल बँदेलसँग ठोक्किएर दुर्घटना भएको प्रहरी  प्रहरी कार्यलय बाराले जनाएको छ । मृतकको शव पोष्टमार्टनको लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।
 मोटरसाइकलसँग ठोक्किएको बँदेल पनि मरेको छ । बँदेलले सडक पार गर्ने क्रममा मोटरसाइकलसँग ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Post a Comment

 
Top