0
निजगढ समाचार, कलैया, २५ असोज
कृषिमा प्रयोग हुने किटनाशक औषधि तयार गर्ने नेपाल एग्रो इण्डस्ट्रिजमा आगलागी भएको छ। आगलागीबाट करोडौको क्षति भएको छ।
   बाराको प्रसानी ६ मा रहेको नेपाल एग्रो इण्डस्ट्रिजमा आइतबार राति १ बजे देखि लागेको आगलागी विहान ९ बजेसम्म नियन्त्रणमा आएको थियो। उद्योगका संचालक अमित अग्रवालले उद्योगमा रहेको विद्युतीय तारको कारणले उद्योगमा आगलागी भएको बताए ।
    अग्रवालले आगलागी हुँदा उद्योग भित्र रहेको ग्याँस सिलिण्डर विस्फोट भएपछि उद्योगको भवनमासमेत चिरा परेको छ। आगलागीले कृषि किटनाशकका लागि आयात गरिएका कच्चा पदार्थ र किसानहरुलाई बिक्री गर्नको लागि तयार पारिएका औषधि नष्ट भएको अग्रवालले बताए। वीरगंज र हेटौंडाबाट आएका वारुण यन्त्रको सहयोगले आगलागी नियन्त्रणमा लिइएको थियो।

Post a Comment

 
Top