0
निजगढ समाचार, निजगढ, २५ असोज
 बारा निजगढ नगरपालिका–१० लालरतनपुरीका ३७ वर्षिय हिरा बहादुर लोप्चन बेपत्ता भएका छन् । शनिबार दिउसो घरबाट निस्किीएका लोप्चन बेपत्ता भएको दुई तीन दिन भईसक्दा समेत नभेटिएपछि लोप्चन परिवार चिन्तित बनेको छ ।
    आफन्त तथा साथीभाईको घरमा खबर गर्दा कतै पनि नभेटिएपछि खोजी कार्यमा सहयोग गरिदिन हिराका पत्नी चन्दा लोप्चनले आग्रह गर्नुभएको छ । खैरो धर्के सट, निलो जिन्सको पाईन्ट र तुना भएको चप्पल लगाएको अवस्थामा हराएका लोप्चन करिब ६ फिट उचाई र गोरो वर्णका छन् ।

Post a Comment

 
Top