0
निजगढ समाचार, काठमाडौंं, २४ असोज
एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।
     उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । मतदानमा ५८७ सभासद सहभागी भएका थिए । यो संगै ओली छैठौं कम्यूनिष्ट प्रधानमन्त्री बनेका छन् ।
आगामी सरकारका चुनौती
विभिन्न कानुन बनाउने, आन्दोलनकारीको माग सम्बोधन, भुकम्पको पीडालाई ब्यवस्थापन, भारतीय नाकाबन्दी हटाउने दायित्व सरको काँधमा छ । संविधानलाई कार्यान्वयन गर्नुपर्ने सबै भन्दा ठुलो चुनौती हो ।

Post a Comment

 
Top