0
निजगढसमाचार, निजगढ, १७ मंसिर
बाराको निजगढमा भोली शुक्रबार गर्ने भनिएको आमसभा स्थगित भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरुको आयोजनामा हुन लागेको कार्यक्रम स्थगित भएको हो ।
नाकाबन्दी आन्दोलनलाई व्यवस्थित गर्नका लागि आमसभा स्थगित गरिएको मधेसी मोर्चामा आबद्ध दलहरुबाट आज जारी संयुक्त विज्ञप्तिमा उल्लेख जनाईएको छ ।
    भन्सार नाका र राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको मोर्चाले देशको मुख्य वीरगञ्जमा देखिएको असहज परिस्थितिका कारण निजगढको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको मोर्चाले उल्लेख गरेको छ ।
     रक्सौल–वीरगञ्ज नाकामा धर्नामा बसिरहेका मधेसी मोर्चाका कार्यकर्ता र भारतीय युवाहरु विच आज दिनभर जासो झडप भएको छ । हिसो साँझ भारतीय युवाहरुले कुटपीट गर्दै धर्नास्थल खाली गराएका थिए । दुवै पक्षाबट ढुंगा हानाहान भएपछि गएराति तनाव भएको थियो ।
 यसैविच भर्खरै फोरम नेपालसंग एकता गरेको संघीय गणतान्त्रीक जनमुक्ति मोर्चाका बैकल्पीक केन्द्रिय सदस्य भिम रुम्बाले केही प्राविधिक कारणले केही दिनका लागि कार्यक्रम सारेको जानकारी पाएको बताए ।
निजगढ समाचारसंग टेलिफोनमा कुरा गर्दै रुम्बाले भने–कार्यक्रमका लागि पत्र लेखेर निमन्त्रणा गर्ने तयारी गरिरहेका थियौैं कार्यक्रम स्थगित भएको जानकारी आयो ।
‘केन्द्रिय तहबाट कार्यक्रम स्थगित भएकाले कार्यक्रमका अतिथिहरुलाई पनि कार्यक्रम स्थागित भएको खबर भएको होला ।’, रुम्बाले भने–केही दिन पछि पुनः कार्यक्रम गछौं ।’
कार्यक्रमलाई सम्बोधनका लागि सघिय समाजबादी फोरमका केन्द्रिय सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेल, संघीय गणतान्त्रीक जनमुक्ति मोर्चाका अध्यक्ष पर्शुराम तामाङ्ग आउने तयारी थियो ।
एक दिन अघि मात्र निजगढमा नागरिक समाजको अगुवाईमा नाकाबन्दीको विरोधमा सद्भाव ¥याली निकालिएको थियो ।  

Post a Comment

 
Top