0
निजगढसमाचार, निजगढ, १७ मंसिर
भारतले अघोषित नाकाबन्दी गरेको पाँच दिनमै निजगढमा त्यसको विरोध भयो । असोज २० गते निजगढका युवाहरुले ब्याक अफ ईण्डियाको नारा लगाए । भारतीय हस्तक्षेप र नाकबन्दी विरुद्ध ‘हामी युवा’ को एउटा समुहले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन ग¥यो ।
त्यसको दुई महिना पछि आज निजगढमा फेरी त्यहि नारा दोहोरिएको छ । ‘हामी युवा’ समुह समेत एक्यवद्धता सहित सहभागि भएको ¥याली नागरिक समाज निजगढले संयोजना गरेको हो । निजगढ सार्वजनिक सरोकार समितिको समेत एक्यवद्धता रहेको ¥यलीमा निजगढका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत निजगढमा प्लेकार्ड र राष्ट्रिय झण्डा सहित शहीद चोकबाट सुरु भएको ¥याली लच्का पुगेर पुनः शहीद चोक हुदैँ बकैया पुलबाट फर्किएको छ ।
¥यालीमा सहभागिले भारतीय हस्तक्षेप विरुद्ध नारा लगाएका थिए । नेताहरु नझुक, हामी लड्न तयार छौं देशको लागि परेमा भोकै मर्न तयार छौं, राष्ट्रिय एकता जिन्दाबाद, बालबालिकाको पढ्न पाउने अधिकार सुरक्षित गर लगायत नारा लगाएका छन् ।




Post a Comment

 
Top