0
महेश्वर अधिकारी, निजगढ, ११ मंसिर
बाराको निजगढ नगरपालिका–७ योजना टोलमा गएराती हात्तीको बथानले केराबाली नष्ट गरेको छ ।
वन क्षेत्रबाट प्रवेश गरेको हात्तीको बथानले १५ कठ्ठा जमिनमा लगाएको केराका बाली नष्ट गरेको हो ।
     स्थानीय किसान तारानाथ आर्चाय र हरिप्रसाद आर्चायले गरेको केराबाली कामै नलाग्ने गरि नष्ट गरेको हो ।
हात्तीले करिब नौ सय वटा केराका थम्बा लडाएर खाने र नोक्सान पु¥याएको हो । पहिलो पटक ब्यवसायिक केरा खेती गरेका आर्चाय दाजुभाईलाई करिब पा“च लाखको नोक्सानी भएको छ ।
जंगल क्षेत्रबाट रातको समयमा हात्ती प्रवेश गरेर बाली नोक्सान पु¥याउने डरले स्थानीयले विद्युतीय तार जडान गरेका भए पनि हिजो तारमा विद्युत प्रवाह नभएको बेला हात्ती बालीमा प्रवेश गरेको किसानले बताएका छन् ।
हात्तीले स्थानीयको घरबाट अन्नपात निकालेर खाएको छ ।






भिडियो

Post a Comment

 
Top