0

निजगढसमाचार, निजगढ
जन आन्दोलन २०६२/०६३ मा निजगढमा भएको प्रदर्शनमा हस्तक्षेप गर्दै सरकारी सेनाले चलाएको गोलीबाट निजगढ बागदेवका हिरालाल गौतमले बैशाख ४ गते ज्यान गुमाए ।
जनआन्दोल सामु तत्कालिन राजा ज्ञानेन्द्र शाहले घुँडा टेके । नेपाल गणतान्त्रिक राज्य बन्यो । जनआन्दोलन मारिएका हिरालाल गौतम जस्ता जनताका छोरा–छोरीलाई राष्ट्रिय शहीद घोषणा गरियो । शहीदको सम्मानमा शलिक बनाउने लहर चल्यो ।
 बारा निजगढमा पनि हिरालालको सालिक बन्ने भयो । शालिक त बनाउने तर त्यसको संरक्षण कसरी गर्ने भन्ने बहस चल्यो । स्थानीयले तय गरे अब बागभैरब सामुदायिक वन क्षेत्रको चौतारामा शालिक बनाउने, त्यसै अनुसार शालिक बन्यो, तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालले हेलिकप्टरबाट ओर्लेर शालिक अनावरण गरे ।
त्यहाँ शालिक अनवरण गर्दै त्यस क्षेत्रलाई शहीद हिरालाल पार्कको रुपमा विकास गर्ने क्रम सुरु भयो ।    
के–के बने अहिलेसम्म
शालिक निर्माणदेखि अहिलेसम्म पार्कमा ३७ लाख खर्च भएको छ । स्थानीय सहभागि रहेको शहीद हिरालाल पार्क निर्माण समिति मार्फत ३६ लाख ४० हजार र बाग भैरब सामुदायिक वन मार्फत ५० हजार र वाग भैरब युवा क्लब मार्फत मन्दिर निर्माणमा केही रकम खर्च भएको समितिका सचिव अमरलाल स्याङतानले बताए ।
समितिले शालिक निर्माण, दुई सय मिटर भ¥र्याङ र अनावरण खर्चमा ८ लाख सकेको छ । शालिक निर्माणमा संविधान सभा सदस्य विभा कार्कीबाट दुई लाख, जिल्ला विकास समितिबाट एक लाख र पुनः जिविसबाट पा“च लाख बजेट प्राप्त भएको थियो ।
पार्कमा पिकनिकका लागि ट्रस्ट बनाउन आर्थिक वर्ष २०६८/०६९ मा दुई लाख ४० हजार खर्च गरेको छ । त्यसै बर्ष सुरु भएको बागद्धार निर्माणले पनि पूर्णता पाउन सकेको छ । जिविसमार्फत वन समुहले दुई लाख बजेटमा निर्माण गर्ने भनिए पनि ५० हजारको मात्र काम भएको छ । जिल्ला विकास समितिले निर्माणका लागि दिएको एक लाख ५० हजारको चेक नसाटिएपछि रकम अभावमा निर्माण अधुरो भएको छ । 
त्यस्तै समितिले करिब १० हेक्टर क्षेत्रलाई काँडेतारले घेरेको छ । आ.ब. २०७०/०७१ मा शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मार्फत जिविसबाट प्राप्त चार लाख बजेटमा पक्की पोल प्रयोग गरेर तारबार गरिएको समितिका उपाध्यक्ष रमेश अर्यालले बताए । त्यस्तै आ.ब. २०७१/०७२ शान्तिका लागि विकास कार्यक्रम अन्र्तगत प्राप्त दुई लाख लागतमा विश्राम स्थल निर्माण भईरहेको छ । विश्रामस्थलमा छाना हाल्न र फुलले सजावने काम बाँकी रहेको अर्यालले जानकारी दिए । त्यस्तै जिल्ला विकास समितिको आन्तरिक कोषबाट पार्कमा खानेपानीको ब्यस्था मिलाईएको छ । पानी ट्याङकी निर्माणमा दुई लाख खर्च गरिएको छ । पार्कमा करिब १५ वर्ष अघि तत्कालिन जिविस सभापति छठु यादबले शिलन्यास गरेको मनकामना मन्दिर निर्माणाधिन अवस्थामा छ । 
रकम खर्च भए अनुसार काम नभएको गुनासो भईरहेको बेला समितिका सचिव स्याङतानले भने अग्लो ठाउँमा भएकाले निर्माण खर्च  बढी भएकाले रकम अनुसार काम कम देखिएको बताएका छन् ।
पार्कमा धमाधम निर्माण कार्य भईरहे पनि गुरुयोजना बन्न सकेको छैन् । गुरुयोजना अनुसार काम नहुदा भविष्यमा पछुताउने अवस्था आउने तर्फ समिति चिन्तित रहेको सचिव स्याङतानले बताए ।
‘हामीले नगरपालिकालाई पार्कको गुरुयोजना बनाईदिन अनुरोध गरेका छौं ।’, सचिव स्याङतानले भने–‘धेरै खर्च लाग्ने भएकाले हामीले अहिलेसम्म बनाउन सकेका छैनौं, त्यसैले नगरपालिकाको सहयोग मागेका छौं ।’ गुरुयोजना तयार भएमा बजेट आउने बेलामा कहा“ बनाउने भनेर ठाउँ खोज्ने अवस्था नहुने भन्दै उनले भने–‘अहिले जहाँ खाली ठाउँ छ त्यहि भौतिक संरचना बनाउदा भविष्यमा पछुताउनु पर्ने अवस्था समेत आउन सक्छ ।’
अहिलेसम्म पार्कमा भएको काम निर्माण समितिबाट भईरहेको र अब यसको ब्यवस्थापनका लागि बृहद नगरस्तरिय समिति आवश्यक रहेको चर्चा हुन थालेको छ नि भन्ने निजगढसमाचारको प्रश्नमा सचिव स्याङतानले भने–हामीलाई पनि त्यो महसुस भएको छ । चाँडैनै भेला आयोजना गरेर बृहद् समिति निर्माण गर्न आवश्यक छ । हामी त्यसका लागि तयार छौं, सबैले पहल गर्नुप¥यो–उनले भने ।
शहीद पत्नीको गुनासो
  शहीद   हिरालाल गौतमकी  पत्नी गायत्री गौतमले शहीद सबैको साझा हुनु पर्नेमा केहीले पार्टी विशेषको शहीदको रुपमा प्रयोग गरिएको भन्दै गुनासो गरेकी छिन् ।
शहीद पत्नी गायत्रीले देशको शहीदलाई पार्टी विशेषको शहीदको रुपमा नहेर्न त्यस अनुसार शहीदको नाम प्रयोग गरेर अपमान नर्गन अनुरोध गरेकी छिन् । केही समय अघि स्थानीय दलहरुलाई पत्र लेखेर उनले यस्तो आग्रह गरेकी हुन् ।
निजगढ भ्यू टावर बन्ने
निजगढसमाचार, निजगढ
बाराको निजगढमा निजगढ भ्यू टावर बन्ने भएको छ । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढेको छ । नगर विकास कोष र निजगढ नगरपालिका कार्यालयले निजगढ भ्यू टावर निर्माण गर्न लागेको हो ।
५९ लाख ९८ हजार लागतमा निर्माण गरिन लागेको टाबर मध्यतराईकै पहिलो भएको निजगढ नगरापलिकाका सुचना अधिकारी नविन खनालले बताए । 
शहीद हिरालाल पार्कलाई समेटेर चुरे पर्वको पानी ढलमा निर्माण गरिने टावर ४५ फिट अग्लो हुने छ । 
   नगरपालिकाकी आर्किटेक ईन्जीनियर सुजमा खड्गेले भुकम्प प्रतिरोधि तीन तल्ले टावरको डिजाईन गरेकी हुन् । टावरबाट एक पटकमा २० जनाले पालैपालो हेर्न सकिन्छ । टाबरमा दुई वटा टेलिस्कोप जडान गरिने छ । टेलिस्कोपको माध्यबाट निजगढ सहित बारा जिल्लाका विभिन्न गाउँ र सिमावर्ती भारतीय शहर समेत देख्न सकिने बताईएको छ ।
त्यस्तै पार्कमा स्वीमिङ पुलको समेत सम्भाब्यता अध्ययन गरि युवा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको नगरपालिकाले जनाएको    छ । पार्कको पश्चिम तर्फ रहेको प्राकृतिक मुललाई समेटेर स्वीमिङ पुलको अध्ययन गरि प्रस्ताव पेश गरिएको सुचना अधिकारी खनालले जानकारी दिए ।

Post a Comment

 
Top