0

सार्वजनिक सुनुवाई गर्न आँट   चाहिन्छ । सयौं सहभागिको प्रश्नसंग ‘फेस’ गर्नुपर्छ । अनुत्तरित भईयो भने खुईलिनु पर्छ । त्यसैले उत्तर दिनेले मात्र होईन् प्रश्न सोध्नेले समेत निकै तयारी गरेर सार्वजनिक सुनुवाईमा भाग लिने परम्परा छ ।

तर निजगढ एउटा यस्तो ‘स्मार्ट सिटी’ हो, जहा“ सार्वजनिक सुनुवाईको लागि कसैलाई तयारी गरिहनु पर्दैन् । यहा“का उत्तर दिने निकायदेखि प्रश्नकर्तासम्म सबै ‘स्मार्ट’ छन् । त्यसैले सार्वजनिक सुनुवाई आयोजकले चाहेको एकाध घण्टाभित्र सम्पन्न भईहाल्दो रहेछ ।
विहान ८ बजेलाई आयोजना हुन गईरहेको सार्वजनिक सुनुवाईमा सहभागि हुन बोलाईयो भने आठै बजेनै सहभागि आईपुग्छन् । उनीहरुलाई कुन विषयमा सार्वजनिक सुनुवाई हुन गईरहेको छ भन्ने जानकारी पनि दिईरहनु नपर्ने रहेछ ।
यस्तै भयो गत शनिबार कार्तिक ३० मा । कार्यक्रम सुरु हुन गईरहदा“ धेरैजना मोवाईलमा ब्यस्त भए । सहभागिहरुले मोवाईलबाट भन्दै थिए–सार्वजनिक सुनुवाई हुदैछ थाहा छ कि छैन् ? उत्तर आउ
छ–छैन् ।ल त्यसो भए आईहाल्नु । न कुनै विषयबारेजानकारी दिईएको थियो न त कुनै त्यसको तयारी !
माथि उल्लेखित प्रसंग निजगढ नगरपालिका कार्यालयको प्रथम चौमासिकको सार्वजनिक सुनुवाईको हो ।
सार्वजनिक सुनुवाईमा न त सम्बन्धित विषयगत कार्यालयका प्रतिनिधि नै सबै आएका थिए । न त आउनु पर्ने जति सहभागि नै उपस्थित थिए ।
मुख्य मान्छेहरुलाई कार्यक्रमको अघिल्लो सा“झ खबर गरिएको थियो भने अन्य सहभागि कार्यक्रम सुरु भईसकेपछि खबर भयो र हतार हतार आउ“दै थिए । त्यो क्रम कार्यक्रम अवधिभर भईरह्यो ।
धेरैलाई खबर गरिएको रहेनछ । अधिकांश विषयत कार्यालयका प्रतिनिध अनुपस्थित    थिए । अब कसलाई प्रश्न गर्ने ? यस्तै गलफत्ति चल्दै थियो ।
सार्वजनिक सुनुवाईको जिम्मेवारी पाएका वीरगन्जस्थित बिद्यार्थी जागरण मञ्च (बिजाम) का अध्यक्ष महेश अर्यालले कार्यक्रम संचालन गरे । सरस्वती प्राविमा तय भएको कार्यक्रम आकाश धुम्म भए पछि गौरीशंकर क्याम्पसको भवनमा संचालन गर्दै अर्यालले अघिल्लो सार्वजनिक सुनुवाईका सहभागि राखेको प्रश्न र सरोकारवाला कार्यालयका प्रतिनिधिले गरेको प्रतिवद्धता     सम्झाए ।
उनले अघिल्लो कार्यक्रममा प्रश्न सोधेका सहभागिलाई तपाईले राखेको जिज्ञासामा पाउनु भएको उत्तर अनुसारको काम भयो कि    भएन ? भनेर प्रश्न राखे । तर अघिल्ला कार्यक्रमका प्रश्नकर्ता कोही पनि सहभागि थिएनन् ।
त्यसपछि अब सार्वजनिक सुनुवाईमा नया“ प्रश्न सोध्ने क्रम सुरु भयो । पहिलो प्रश्न निजगढ–८ गौरी शंकर उच्च माविका प्रर्चायले राखे । प्रर्चाय कोईरालाको पहिलो आक्रोश नै सबैलाई खबर नगरिएको र पहिले नै जानकारी नगराई हतारमा गरिने सार्वजनिक सुनुवाईको अर्थ नहुने टिप्पणी गरे ।
त्यसपछि उद्योग वाणिज्य संघ निजगढका उपाध्यक्ष विदुरलाल श्रेष्ठले आफ्नो संस्थालाई औपचारिक रुपमा निकै ढिला गरि खबर गरिएको र सबै पक्षलाई नसमेटिकनै आयोजना भएको सार्वजनिक सुनुवाई गर्नुको कुनै औचित्य नै नरहेको बताए । उनले पसल ब्यवसायिलाई कसर लगाउने सन्दर्भमा ब्यवसायिसंघले पेश गरेको प्रस्ताबमाथि नगरपालिकाले कुनै वास्ता नगरेको गुनासो समेत पोखे ।
निजगढ नगरविकास समितिका अध्यक्ष एवं नेपाली कांग्रेस निजगढ नगर सभापति सुरेश खनालले  कार्यक्रम गर्दा सबैपक्षलाई समेट्नु पर्नेमा त्यस्तो नगरेको प्रति खेद ब्यक्त गर्दै निजगढको विकास गर्ने हो भने औद्योगिक क्षेत्रका रुपमा विकास गर्नु पर्ने धारणा राखेका थिए । यहा“ बेरोजगारीकै कारण युवाहरु लागुऔषधको कुलतमा फस्दै गएको प्रति चिन्ता जनाउ“दै त्यसको नियन्त्रण आवश्यक रहेको बताए ।
त्यस्तै एमाओवादी निजगढ नगर कमिटिका संयोजक बेनी बहादुर मोक्तानले पनि त्यस्तै आक्रोश पोखेका थिए । सार्वजनिक सुनुवाई भईरहेको वडाका नागरिकलाई समेत खबर नहुनुले सिंगौल र रतनपुरीलाई समेट्ने कुराप्रति आपत्ती जनाए । उनले यो कस्तो नियत हो ? भन्दै प्रश्न तेर्साएका थिए । उनले नगरपालिकामा नीतिगत भ्रष्ट्रचार मौलाएको भन्दै सचेत हुन सबैलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रम भईरहेको गौरी शंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतमले कार्यक्रमका लागि हल प्रयोग गर्नेबारे अगाडी नै जानकारी नगराई
कार्यक्रम भएको जानकारी गराउ“दै साविक निजगढ गाविसले कलेज बनाउन कबोल गरेको दान रकम नगरपालिका बनेपछि पाउन नसकेको गुनासो गरे । २६ लाख दिने कबोल भए पनि अहिलेसम्म २ लाख मात्र पाएको बताउ“दै चालु आर्थिक वर्षमा बजेट नछुट्याईएकोमा दुखेसो पोखे । उनले क्याम्पसमा राजनीति नगर्न समेत सबैसंग आग्रह गरेका थिए ।
तत्कालिन निजगढ गाविस उपाध्यक्ष अम्बिका चौलागाईले सबैभन्दा बढी असन्तोष पोखे । सबैपक्षलाई नसमेटिएको कार्यक्रममा प्रश्न कसलाई राख्ने भन्दै कार्यक्रमको औचित्य नभएकोमा आक्रोश पोखेका थिए । फोटो खिचाउनका लागि मात्र कार्यक्रम गरिएको उनले टिप्पणी     गरे ।
कार्यक्रममा रहेको दुबै सुरक्षा निकायका प्रतिनिधिले यहा“को सुरक्षाप्रति आफुहरु गम्भिर रहेको र अहिले अवस्था निकै राम्रो भएको दाबी गरेका थिए ।
शसस्त्र प्रहरी बेस क्याम्प निजगढका शसस्त्र प्रहरी नायब उपरिक्षक निरंकार शुक्लाले समयको महत्वलाई बुझेर कार्यक्रम गर्नुपर्ने विचार ब्यक्त गरेका थिए । यस्ता कार्यक्रम गर्दा अग्रिम जानकारी गराएर मात्र गर्न उनले सुझाल दिएका थिए ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी सहायक निरीक्षक एम प्रसाद लामिछानेले सुरक्षित समाज निर्माण गर्न नागरिकको भूमिका बढी हुने भनाई राखे ।
कार्यक्रममा सहभागिले स्वास्थ्य क्षेत्र, खानेपानी, सोलारबत्ती, सडक निर्माण जस्ता विषयमा बढी चासो राखेका थिए ।
सहभागिको जिज्ञासा मेटाउने क्रममा नगर अधिकृत विमल कुमार पोख्रेलले सबैको सहभागिता गराउन नसक्नु गल्ती भएको स्वीकार गर्दै बन्द हड्ताका कारण समयमा नै कार्यक्रम हुन नसक्दा हतारमा गर्नुपर्ने बाध्यतालाई बुझिदिन उनले आग्रह गरेका थिए । उनले आगामी दिनमा पुनः सबैलाई समेटेर बृहद् कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका थिए । उनले कार्यक्रम गर्दा पूर्ण तयारी सहित गर्न समेत विजामलाई सचेत गराएका     थिए ।
कार्यकारी अधिकृत पोख्रेलले नगरको विकासका लागि आफुहरु क्रियाशिल रहेको भन्दै नगरपालिका गतिविधिलाई पारदर्शी र जवाफदेहीका लागि सार्वजनिक सुनुवाईको महत्व रहेको बताएका    थिए । उनले निजगढका मुख्य चोकहरुमा सोलार बत्ती जडान गरिन लागेको जानकारी गराएका थिए ।

Post a Comment

 
Top