0
निजगढ समाचार, काठमाडौं, ११ मंसिर
भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले पढ्न पाउने अधिकार कुण्ठित भएको विरोधमा विद्यार्थीहरुले काठमाडौंको चक्रपथ घेराउ गरेका छन् ।
‘बाँच्न र पढ्न देऊ’ भन्ने नाराका साथ विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथ प्रदर्शन गरेका हुन् ।
विद्यार्थीको पढ्न पाउने अधिकार बञ्चित भएको यो समस्यालाई अन्र्तराष्ट्रियकरण गर्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन यो अभियान चलाएको अखिल क्रातिकारिका  केन्द्रीय  सचिवालय सदस्य रविराज दंगालले बताए ।
राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानरसहित सहभागी विद्यार्थीहरुले कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, चक्रपथ, बालाजु, स्वयम्भू हु“दै पुनः कलंकीसम्म मानव साङ्लो बनाएर मौन प्रदर्शन गर्ने कार्यक्रम छ ।
मानव साङ्लो प्रदर्शनमा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरु मात्रै सहभागी भएको बताइएको छ ।
प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विद्यार्थी संघ संगठनहरु, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन. इष्टू र हिसान लगायत अपिन संबद्ध संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

Post a Comment

 
Top