0

  • मधु पण्डित क्षेत्री

सायद खवर सिरहाको मात्र नबन्ला
कठ्याग्रीएको सितलहरहरुको
खवर यो मात्र पनि बन्ने छैन
सप्तरीमा पराल ओढेर रात विताएको जस्तै
खबर त ताप्लेजुङको पनि आउला
वा दोलखा चरिकोटको समेत
हेडलाईन  बनेर आउला
किनकी वर्ष वित्दा समेत
     त्रिपालको बास हराएको छैन ।
खवर काँठको मात्र बन्ने छैन
मुख्य खवर त काठमाण्डौको बन्नेछ
र बनिरहेको समेत छ
भूकम्पको नाममा सयर अझै बाँकी
बल्ल त संघाई घुमियो
न्यू योर्क आउन बाँकी छ
रहल पहल सहयोग रकम
खातामा रहेको केही रकम
गोदाममा रहेको न्यानो कम्मल
ठूलाबडाको घरघरमा पुग्न बाँकी छ
...........
गोदाममा थन्किएको अनुदानको चामल
घुनकिरा नलाग्दै
व्यापारीको हातमा जान बाँकी छ
झोला थापेर बसेको छ
सुयोग्य सरकार
पीडितको नामको खाता भरिन बाँकी छ
कुल मिलाएर
किर्ते छाप
किर्ते नाम
किर्ते भपाई
खडा गरेर महल
सहयोगको दान
जहाँको तहीँ फर्किन बाँकी छ ।
समाचार सप्तरी सिरहाको मात्र नबन्ला
समाचार ईन्द्रावतीको समेत बन्ला यसपटक
त्रिपाल मुनिका सुत्केरीहरु
उनका काखमा गुडुल्किएका अवोध बच्चाहरु
सितले भिजेका फाटेका ओढ्नी
बतासले उडाएका भित्ताका सेउलाहरुको समेत
मुख्य समाचार बन्ला यस पटक
मात्र केही दिनको पर्खाई बाँकी छ ।
–बालाजु, काठमाण्डौ ।

Post a Comment

 
Top