0
निजगढसमाचार, निजगढ, १५ माघ
जिल्ला फुटबल संघ बाराको आयोजनामा संचालन भइरहेको पुरुष लिग फुटबल प्रतियोगितामा नव जनजाग्रिति बागदेव र मौवादेवी मनहर्वाले बिहिबार सेमिफाइनलमा स्थान बनाएका छन । नवजनजाग्रितले सनराईज उमजनलाई १-० र मौवादेवीले थ्रि स्टार सपहीमाथि टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । नवजनजाग्रितिको लागि घनश्याम मगरले खेलको ३९ औं मिनेटमा गोल गर्दै टिमको लागि स्थान पक्का गरेका थिए । त्यसैगरी निर्धारित समयसम्म गोल रहित बराबरी खेलको थ्रि स्टार सपहीमाथि मौवादेवीले सडन डेथमा संघर्षपुर्ण जित निकालेको थियो । चन्द्रकिशोर महतोले सडनडेथमा मौवादेवीको लागि निर्णायक गोल गरेका थिए ।
प्रतियोगिता अन्तरगत शनिबारको खेलामा निजगढ युवा क्लव पुरानो निजगढ र दोस्रो खेल रतनपुरी युवा स्पोर्टस क्लवबीच हुने आयोजक समितिका कृष्णमणी चौधरीले जानकारी दिए ।  निजगढ नपा ४ स्थित खेल मैदानमा जारी प्रतियोगितामा जिल्लाका विभिन्न १२ फुटबल  क्लवहरुको सहभागिता छ ।  

Post a Comment

 
Top