0


निजगढसमाचार, निजगढ
सरकारले तीन वर्ष अघि बाराको रतनपुरी, भरतगञ्ज सिगौंल गाविस र निजगढ गाविस मिलाएर तीन निजगढ नगरपालिका बनायो । साविक निजगढ गाविसको कार्यालय भवनलाई नगरपालिका कार्यालय र साविकका अरु दुई गाविस कार्यालय अहिले संयुक्त वडा कार्यालयको रुपमा प्रयोग भईरहेको छ ।
नयाँ नगरपालिका भईसकेपछि नगरपालिकाको नयाँ भवन र १३ वटै वडाको वडा कार्यालय बनाउनु पर्छ । गत वर्ष सरकारले नगरपालिका भवन बनाउन पठाएको एक करोड रकम फिर्ता भयो ।  ‘कार्यालय कहाँ बनाउने भनेर तय हुन नसक्दा रकम फिर्ता भएको थियो,’ कार्यालयका सुचना अधिकारी नविन खनालले भने– अब त्यस्तो हुदैन ।  नगरपालिकाले आफैले जग्गा खरिद गर्न नपाउने ब्यवस्था भएको कारण कुनै ब्यक्ति वा संस्थाले दान गरेको जग्गामा भवन बनाउनु पर्ने हुन्छ । नगरपालिका भवन बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराईदिन एक वर्ष अघि आह्वान गरेर जग्गा दान प्राप्त गरिसकेको छ ।
निजगढ–७ का स्थानीय चन्द्र बहादुर गुरु·, सुन्तली कुमारी सार्की, टेमनाथ तिमल्सिना, नवराज तिमल्सिना र चित्र कुमार तिमल्सिनाले दान गरेको जग्गा नगरपालिकाको अघिल्लो आर्थिक वर्षमा नै आफ्नो नाममा दर्ता गराईसकेको छ । बाटो, वाल छुट्याएर भवन बनाउन ७ कठ्ठा नगरपालिकाले पाएको छ ।
नगरपालिकाले माघ महिना भित्र भवनको बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । ‘माघ अन्तिम साता टेन्र्डर आह्वानको विज्ञापन प्रकाशित गछौं’, नगरपालिकाका लेखा प्रमुख राजेन्द्र कार्कीले भने–पहिलो चरणमा दुई तल्ले भवनको काम सुरु हुन्छ । भवनको सम्पूर्ण डिजाईन तयार भई मन्त्रालयबाट समेत पास भईसकेको कार्यालयका ई. अशोक कुश्वाहले बताए । उनका अनुसार भवनको डिजाईन तीन तल्लाको तयार भएको छ ।
  दिर्घकालिन सोच राखौं : श्रेष्ठ

साविक निजगढ गाविसका अध्यक्ष एक बहादुर श्रेष्ठले नयाँ भवन बनाउँदा दिर्घकालिन सोच राख्नु पर्ने बताएका छन् । नगरपालिकाले शनिबार राखेको अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । थोरै जग्गामा कार्यालय बनाउँदा पछि पछुताउनु पर्ने भन्दै पछि बढाउन नसकिने भएकाले भवन बनाउने जग्गाको विषयमा पुर्नविचार गर्नुपर्ने धारणा राखे ।
दलहरुकै सहमतिमा जग्गा छनौंट भईसकेकाले अब फेरी यहि विवादले सरकारी रकम फिर्ता जान दिन नहुने निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले   बताए । ‘पहिला एकिकृत कार्यालय स्थापना गर्न पुग्ने खयरघारीमा कार्यालय स्थापना गर्न नमान्ने अब प्रकृया अघि बढिसकेकाले विवाद गर्नुको औचित्य छैन् ।’, अध्यक्ष खनालले भने ।

Post a Comment

 
Top