0
छात्रावृत्ति रकम प्रदान गरेपछि जिशिअ धनप्रसाद पोखरेलसहित सामुदायिक फोटो खिच्दै ।
निजगढसमाचार, निजगढ
बाराको निजगढ–८ स्थित गौरीशंकर उच्च माध्यामिक विद्यालयमा संस्थापना भएको अक्षयकोषमा सहभागि हुनेको संख्या बढ्दै गएको छ ।
करिब एक दशक अघि स्थापना भएको एक लाख रकमको अक्षय कोष बढाउन सहभागि हुन ईच्छा राख्नेहरु बढ्दै गएका हुन् । अक्षय कोष संस्थापक फणिन्द्र पाण्डे, दिलीप भण्डारी, मनोज भारती, पशुपति बहादुर तामाङ, नारायण वाग्ले, केशर बहादुर लामा हुन् ।   अहिले अक्षय कोषमा सहभागि हुन रामकृष्ण घिमिरे, सन्तलाल श्रेष्ठ, अजय कुमार लामिछाने, हेमराज बाडाल(ऋषी) र रामजी अधिकारीले ईच्छा राखेको विद्यालयले जनाएको छ ।     कोषबाट प्रत्येक वर्ष कक्षा ११ र १२ का गरिब जेहेन्दार एक/एक जना विद्यार्थीलाई पाँच / पाँच हजार नगद छात्राबृत्ति प्रदान गरिदै आएको छ । कोषबाट यस वर्ष पनि दुई जना गरिब जेहेन्दार विद्यार्थीले छात्राबृत्ति पाएका छन् । उनीहरुलाई अक्षय कोष संस्थापकहरुको तर्फबाट उनीहरुको बुवा तथा दाजुहरुले वितरण गरेका थिए । कोष बढाउँदै थप विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य रहेको फणिन्द्र पाण्डेले बताए ।

Post a Comment

 
Top