0
निजगढसमाचार, निजगढ
बारा जिल्लाको जिल्ला प्रशासन कार्यालय बाराको प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) नयाँ अनुहार भित्रिएका छन् ।
   गृहमन्त्रालयले हालै यहा“का ती कार्यालयका प्रमुखको सरुवा गरी नया“ अनुहार पठाएको हो । गृहले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवा गर्ने क्रममा बाराका बालकृष्ण पन्थीलाई काभ्रे सरुवा गरिएको गरी गृह मन्त्रालयको  किताबखानाका कृष्ण ढुंगानालाई बारामा पठाएको हो । जागिरको उत्तार्धमा बारामा आई पुगेका ढुंगानाले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम राखेका थिए । 
कार्यक्रममा जिल्लामा कार्यरत पत्रकारहरुले जिल्लाको समस्याबारे ध्यानकर्षण गराएका  थिए । पत्रकारको कुरा सुनेपछि प्रजिअ  ढुंगानाले आफुले जनचासोको विषयमा कुनै कसर बाकि नराख्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । 
त्यस्तै गृहले बाराका प्रहरी उपरिक्षकमा नरेन्द्र प्रसाद उप्रेतीलाई पठाएको छ । यहाँ कार्यरत लोकेन्द्र बहादुर मल्लको सरुवा भएको थियो । यसैविच नयाँ एसपी उप्रेतीले सोमबार बाराका सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम राखेका छन् । 
यसैविच ईलाका प्रहरी कार्यालय निजगढमा पनि नयाँ  प्रमुख आएका छन् । जिल्ला प्रहरी कार्यालयबाट काजमा यहाँ आएका पंकज चुडाली बिदामा गए पछि गुरु प्रसाद तिमल्सिना प्रमुख भएर आएका हुन् । माघ ५ गते जिप्रका बाराबाट काजमा आएका उनले शनिबार विहान परिचयात्मक कार्यक्रम आयोजना गरेका थिए ।

Post a Comment

 
Top