0
निजगढसमाचार, निजगढ, १४ माघ
जिल्ला फुटबल संघ बाराको आयोजनामा संचालन भइरहेको पुरुष लिग फुटबल प्रतियोगिता अन्तरगत बिहिबार निजगढमा भएको खेलमा मौवादेवी युवा क्लव मनहर्वा र संघर्ष युवा क्लव अडेम्बवा विजयी बनेका छन । मौवादेवीले नवजनजाग्रिति युवा क्लव बागदेव लाई १-० र अडेम्बवाले पनि निजगढ युवा क्लव निजगढलाई १-० गोल अन्तरमा पराजित गदैै जित निकालेका हुन ।  
      प्रतियोगिता अन्तरगत पहिलो खेलमा मनहर्वाको लागि कृष्ण चौधरीले ३५ औं मिनेटमा नवजनजागृति विरुद्ध निर्णायक गोल गरेका थिए । त्यसैगरी दोस्रो खेलमा अडेम्बवाको जितमा संतोष चौधरीले गोल गरे । खेलको पहिलो मिनेटमा चौधरीले गरेको गोल नै अडेम्बवाको लागि निर्णायक बन्यो ।
शुक्रबार पहिलो खेल मौवादेवी मनहर्वा र सनराइजिङ्ग उमजन तथा दोस्रो खेल नवजनजाग्रिति बागदेव र थ्रि स्टार सपहीबीच हुने आयोजक समितिका कृष्णमणी चौधरीले जानकारी दिए ।  
निजगढ नपा ४ स्थित खेल मैदानमा जारी प्रतियोगितामा जिल्लाका विभिन्न १२ फुटबल  क्लवहरुको सहभागिता रहेको छ ।  

Post a Comment

 
Top